arrow

एमाले सर्लाही अध्यक्षमा पुनः साह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ४ शुक्रबार
uml-flag.png

सर्लाही । नेकपा (एमाले) को सर्लाही जिल्ला अध्यक्षमा राजनारायण साह पुनः निर्वाचित हुनुभएको छ । एमालेको नवौँ जिल्ला अधिवेशनबाट उन दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचिन भएका छन् । 

निर्वाचन समितिका संयोजक रमेश न्यौपानेका अनुसार पार्टीको जिल्ला उपाध्यक्षमा बिदुरकुमार प्याकुरेल, सचिवमा डिल्लीप्रसाद अधिकारी, उप–सचिव (खुल्ला) मा बलराम एस्माली मगर र उप–सचिव (महिला) मा विभा नेपाल निर्वाचित भएका छन् । 

यस्तै लेखा समिति अध्यक्षमा रमेशप्रसाद चौलागाई, सचिवमा रेणुका पौडेल र खुला सदस्यमा खेमबहादुर भण्डारी निर्वाचित भएको निर्वाचन समितिले जनाएको हो । कूल ६ सय १० प्रतिनिधिमध्ये पाँच सय ७४ जना बुधबार मतदानमा सहभागी भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ