arrow

एमाले जनताको जीवनसँग गाँसिएको हुनुपर्छ : उपाध्यक्ष पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ६ आइतबार
ishwor-pokharel-madhes-dress.jpg
तस्बिर-फाइल

धरान । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोख्रेलले अबको एमाले जनताको जीवनसँग गासिएको हुनुपर्ने बताएका छन् । 

नेकपा (एमाले) सुनसरीको आठौँ जिल्ला अधिवेशनको शनिबार इटहरीमा उद्घाटन गर्दै उनले एमाले इतिहासका गौरवगाथा गाएर बाँच्न नसक्ने भन्दै अब जनताका सरोकार र जीवनमा परिवर्तन ल्याउन भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले (एमाले)भित्र गुटउपगुट सिर्जना हुनुमा पार्टी नेतृत्व नै जिम्मेवार रहेको बताए । 

उनले पार्टीको मूलमर्मका रूपमा रहेको जनताको बहुदलीय जनवाद नबुझ्दा र त्यसलाई आत्मसात् नगर्दा अन्योलता सिर्जना भएको बताए ।

एमाले सुनसरीको अधिवेशनलाई गुटउपगुटभन्दा पर राखेर आफ्नो हैसियतअनुसार पार्टी नेताले भूमिका निर्वाह गर्नुपर्नेमा नेता राईको जोड थियो । 

उनले कसैको प्रभाव र दबाबमा नपरी आजको चुनौती सामना गर्न र मिसन ८४ को लक्ष्य पूरा गर्न जिम्मेवार भूमिका निर्वाह गर्न सबैले लाग्नुपर्ने उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ