arrow

 मुक्तिनाथ विकास बैंक र कृषि कम्पनीका कर्मचारीलाई सफल र खुशी हुने सूत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ६ आइतबार
bigyan-darshan-81.jpg

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीका कर्मचारीका लागि ‘सक्सेस एण्ड जोए’ कार्यक्रम सम्पन्न भएको छ । 

जीवन विज्ञान चाबहिलमा भएको कार्यक्रममा एलपी भानु शर्मा र रमेश गुरुदेवले जीवनलाई सफल र खुशी बनाउन अपनाउनु पर्ने वैज्ञानिक, व्यावहारिक र प्रयोगात्मक सूत्रहरूको अभ्यास गराए । 

शर्माले सफलताका लागि मानिससँग लक्ष्य हुनुपर्ने र लक्ष्य पूरा गर्न ऊर्जा चाहिने बताउँदै त्यो ऊर्जाको व्यवस्थापनका लागि आवश्यक योग र ध्यानका विधिको छोटो प्रयोग र अभ्यास गराए । उनले संस्थालाई सफल बनाउन संस्थामा रहेका व्यक्तिको विकास हुनुपर्ने बताउँदै व्यक्तिको विकासका लागि ध्यान महत्वपूर्ण रहेको बताए । 

त्यस्तै रमेश गुरुदेवले मानिस खुशी हुनका लागि आएको बताउँदै मानिस खुशी हुने आयामहरूबारे चर्चा गरे । जबसम्म मानिस आफूतर्फ फर्कदैन तबसम्म आफूभित्रको खुशी, उमङ्ग, प्रेम, साहस, विचारको स्रोत पत्ता लगाउन नसक्ने स्पष्ट पारे । 

उनले आफुमा रहेको कमजोरी र सबल पक्षको सूची बनाउन लगाएर आफूतर्फ फर्कने कला सिकाए । 

मुक्तिनाथ विकास बैंकका सहयक प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर राउतले सक्सेस एण्ड जोएले सफल र खुशी हुने सूत्र सिकाएको बताउँदै यी सूत्र र अभ्यासहरू निरन्तर गर्ने र बैंकमा पनि निरन्तर गर्ने वतावरण सिर्जना गर्ने बताए । 

मुक्तिनाथ कृषि कम्पनीका रामशरण तिम्सिनाले कम्पनीका लागि कार्यक्रममा सिकेका सूत्रहरू महत्वपूर्ण भएकाले जनशक्ति व्यवस्थापनका लागि जीवन विज्ञानसँग सहकार्यलाई निरन्तरता दिने बताए । 
कार्यक्रममा मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीको केन्द्रीय र शाखा कार्यालयका व्यवस्थापकीय तहमा रहेका एक सय भन्दा बढी कर्मचारी सहभागी भएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ