arrow

गृहमन्त्रीको भनाइप्रति प्रतिवाद गर्दै कांग्रेसले पत्रकार सम्मेलन गर्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ६ आइतबार
congress-party-office-2081.jpg

काठमाडौँ । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भनाइको प्रतिवाद गर्ने भएको छ । कांग्रेसले केही बेरमै पत्रकार सम्मेलन गर्दै प्रतिवाद गर्ने जनाएको हो । 

संसदमा सभामुखले बोल्ने समय नदिएपछि बेलुकी ७:३० बजे कांग्रेसले लोत्से हल नयाँ बानेश्वरमा पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्न लागेको हो।

यसअघि गृहमन्त्री लामिछानेले संसदमा बोल्दै अब कांग्रेसहरुको गनगनले देश देश नचल्ने चेतावनी दिँदै झुटा मुद्धा र मिडिया ट्रायलले आफू नडराउने बताएका थिए ।

लोकतान्त्रिक भन्ने दलले अर्को पार्टीको सांसदलाई बोल्न दिने निर्णय गरेको भन्दै कांग्रेसले कस्तो लोकतन्त्रको अभ्यास गरिरहेको भन्दै उनले कांग्रेसलाई प्रश्न गरेका छन् ।

उनले कांग्रेसलाई आफूलाई गरेको प्रधानमन्त्रीको अफर अझै छ कि छैन भन्दै कांग्रेस सभापति शेरबहादुर देउवासँग जवाफ मागेका छन् । 

कांग्रेसले लामो समयदेखि सहकारी प्रकरणमा मुछिएका लामिछानेमाथि छानबिन गर्न माग गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ