arrow

सात सांसदलाई रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ७ सोमबार
supreme-court-सर्वोच्च अदालत.jpg

काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी छाडेका सातजना सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।

अध्यक्ष यादवले आइतबार दायर गरेको रिटको सुनुवाइ आज सोमबारका लागि तोकिएको छ । निवेदनमा आफ्नो पार्टी छाडेका सातजना सांसदलाई सरकारलाई विश्वासको मत दिन र संसदीय गतिविधिमा रोक लगाउन माग गरिएको छ ।

रिट निवेदनमा आफ्नो पार्टी छाडेका सांसदले प्रतिनिधिसभा सदस्य पद गुमाइसकेको जिकिर गर्दै निजहरुबाट प्रधानमन्त्रीले विश्वासको मत लिए पनि बदर हुने दाबी गरिएको छ । 
 
यसअघि, सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले यही जेठ २ गते निर्वाचन आयोगले अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिने निर्णय तत्काल यथास्थितिमा राख्न आदेश गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ