arrow

कांग्रेसले आउँदो चुनावमा आजको मूल्य चुकाउँछ - प्रचण्ड [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ७ सोमबार
prachanda-after-parliament.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले संसदमा गरेको अवरोधको मूल्य आउँदो चुनावमा चुकाउने बताएका छन् ।  

सोमबार विश्वास मत पाएपछि संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले  प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् । 

उनले अहिलेको कांग्रेसको गतिविधिको मूल्य आगामी निर्वाचनमा चुकाउनुपर्ने टिप्पणी गरे । 

नेपाली कांग्रेसले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा विरोध जनाएको थियो । जवाफमा प्रधानमन्त्री दाहालले धेरै ठुलो मूल्य चुकाउने चेतावनी दिएका थिए ।

उनले भने,‘नेपाली कांग्रेसले कस्तो मूल्य चुकाउनुपर्छ भन्ने कुरा आगामी चुनावमा देखिन्छ । आज कांग्रेसले गरेको अवरोध नेपालको मात्रै होइन विश्वमा रेकर्ड बनेको छ । जरुरी पर्‍यो भने १०,१२ पटक विश्वासको मत लिन्छु ।’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ