arrow

एमाले दाङ अध्यक्षमा आचार्य निर्विरोध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ८ मंगलबार
uml-flag.png

दाङ । नेकपा (एमाले) जिल्ला कमिटी दाङको अध्यक्षमा शिवकुमार आचार्य निर्विरोध चयन भएका छन् । 

चौधौँ जिल्ला अधिवेशनले उनलाई निर्विरोध चयन गरेको हो । 

यस्तै अधिवेशनले उपाध्यक्षमा मनोहर बुढाथोकी, सचिवमा श्याम डाँगी तथा उपसचिवमा भुवनेश्वर पौडेल र सीता चौधरीलाई चयन गरेको छ । 

जिल्ला अधिवेशनबाट एक सय १९ सदस्यीय जिल्ला कमिटी निर्विरोध निर्वाचित भएको अध्यक्ष मण्डलका संयोजक नरूलाल चौधरीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ