arrow

श्रीगणेशको प्रिय दिनमा राशिफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ८ मंगलबार
rashifal-horoscope-1.jpg

आजको पञ्चाङ्ग

मिति २०८१ जेठ ८ गते मंगलबार, इस्वीसंवत मे २१ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखशुक्लपक्षको त्रयोदशी तिथि दिनमा ५ः१० बजेसम्म त्यसपछि चतुर्दशी तिथि लाग्नेछ । नक्षत्रमा चित्रा बिहानमा ५ः४५ बजेसम्म त्यसपछि स्वाति नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा व्यतिपात १९ घटि ३ पलासम्म त्यसपछि वरियान योग लाग्नेछ । करणमा गर अहोरात्र रहनेछ । आनन्दादि योगमा ध्वाँक्ष रहनेछ ।

सूर्य वृष राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । आज दिनमान ३३ घटि ५६ पला अर्थात १३ घण्टा ३७ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः१४ बजे जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः४८ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय दिनमा ४ः५२ बजे र अस्ताउने समय रातिमा ३ः२८ बजे रहेको छ । आज नृसिंह जयन्ती रहेको छ ।

आजको राशिफल

मेष : आज समय शुभ छ । कन्या राशिको चन्द्रमाले प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। आज प्रियजनसँग भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

वृष : आज स्वास्थ्य राम्रो रहनेछ । साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ।

मिथुन : आज समय खराब रहनेछ । तुला राशिको चन्द्रमाले पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। कामका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग गर्ने आवश्यकता पर्न सक्छ । स्वास्थ्य बाधाले सताउन सक्छ। काममा लामो समय जुट्न नसकिने, बुद्धिको उपयोगले मात्र लाभ दिलाउनेछ ।

कर्कट : आज समय भरपर्दो छैन । सरकारी कार्यालयबाट लिइने काम बन्ने छैन । आश्रित कर्मचारी, आफ्ना छोराछोरी पनि तपाईंको पक्षमा देखिंदैनन् । स्वास्थ्य पनि भरपर्दो नरहला । अनावश्यक खर्चले सताउला । आज सबै काममा सावधानी राख्नु नै बेस हुनेछ । आज उत्तर दिशाको यात्रामा गएर कुनै पनि काम बन्ने छैन । आज टाढाकाे यात्रा पनि नगर्नुहाेला । खानपानमा पनि ध्यान दिनपर्नेछ ।

सिंह : आज समय शुभ छ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगले फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । समय शुभ रहेकाले भरपूर उपयोग गर्नुहोला ।

कन्या : आज समय अत्यन्तै शुभ छ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन-पाठनमा प्रगति हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।

तुला : आज समय खराब छ । तर बिहान १० बजे अघिको समय शुभ रहेकाले महत्वपूर्ण कार्य, यात्रा १० बजे अघि नै सुरु गर्नुहोला । १० बजे पश्चिातको समय कट्टर खराब रहनेछ । शत्रुस्थानको चन्द्रमाले दैनिक कार्यमा विघ्नबाधा आउनेछ । बिभिन्न अवसर आएपनि ती अवसरको सहि तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपाईलाई पछाडि छोड्नेछ । व्यापार व्यावसायमा आम्दानी कम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न कठिनाई हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेका लागि आलोचना बढ्ने देखिन्छ ।

वृश्चिक : आज स्वास्थ्य सबल रहनेछ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले ठूलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुनाले शरीरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तको सहयोगले उपलब्धिमूलक काम बन्नेछन् भने दैनिकीलाई सहजरुपमा परिणत गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना छ । नयाँ काम गरि आम्दानीका स्रोत बढाउन सकिनेछ ।

धनु : आज एक्कासि स्वास्थ्यले धोका दिन सक्नेछ । खानामा गडबढी, असुविधा, कुनै व्यक्तिसंँग विवाद पर्ने, लाभ कम, हानी-नोक्सानी ज्यादा हुन सक्ने देखिएको छ । घर परिवारबाट सहयोगको बदला हानी नोक्सानी नै ज्यादा हुने देखिन्छ । खासगरी आज पूर्व दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।

मकर : आज समय अत्यन्तै खराब छ । जे काम गर्नुहुन्छ त्यसमा अत्यन्त सतर्क हुन आवश्यक छ । वादविवाद तथा मुद्दा मामिलामा सहभागि नहुनुहोला नकारात्मक नतिजा आउनेछ । सकसपूर्ण तथा झन्झटिलो यात्रा हुनेछ । व्यापार व्यावसायमा सन्तोषजनक प्रगति हुनेछ । सामान्य स्वास्थ्यसम्बन्धित समस्याले सताउने हुँदा काम गर्न अफ्ठ्यारो महसूस हुनेछ । दाजुभाई तथा छिमेकिसँग पनि मनमुटाव बढ्नेछ ।

कुम्भ : आज समय खराब छ, स्वास्थ्मा पनि समस्या आउन सक्छ । बोली-वचनमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । नियमित काममा साविकजस्तै फाइदा भइरहनेछ। क्षणभरको मनोरञ्जन कालान्तरमा अभिशाप बन्न सक्छ । समय खराब रहेकाले उत्तर दिशाको यात्रा नगर्दा राम्रो हुने देखिन्छ ।

मीन : आज समय मध्यम खालको छ । लाभहानी दुवै बराबर हुनेछ । व्यापार व्यवसाय पनि सोचेजस्तो हुने छैन । काममा चुनौती देखिए पनि स्थितिलाई सहज बनाउन सकिनेछ । मेहनत गरे भाग्यले राम्रै अवसर दिलाउनेछ। सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ ।

साइतः सूर्य वृष राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर र पूर्वतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः१२ बजेदेखि ६ः५४ बजेसम्म रोग बेला
बिहान ६ः५४ बजेदेखि ८ः३६ बजेसम्म उद्धेग बेला
बिहान ८ः३६ बजेदेखि १०ः१८ बजेसम्म चर बेला
बिहान १०ः१८ बजेदेखि १२ः०० बजेसम्म लाभ बेला
मध्यान्ह १२ः०० बजेदेखि १ः४२ बजेसम्म अमृत बेला
दिनमा १ः४२ बजेदेखि ३ः२४ बजेसम्म काल बेला
दिनमा ३ः२४ बजेदेखि ५ः०६ बजेसम्म शुभ बेला
दिनमा ५ः०६ बजेदेखि ६ः४८ बजेसम्म रोग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः४८ बजेदेखि ८ः०६ बजेसम्म उद्धेज बेला
राति ८ः०६ बजेदेखि ९ः२४ बजेसम्म चर बेला
राति ९ः२४ बजेदेखि १०ः४२ बजेसम्म लाभ बेला
राति १०ः४२ बजेदेखि १२ः०० बजेसम्म अमृत बेला
राति १२ः०० बजेदेखि १ः१८ बजेसम्म काल बेला
राति १ः१८ बजेदेखि २ः३६ बजेसम्म शुभ बेला
रातिमा २ः३६ बजेदेखि ३ः५३ बजेसम्म रोग बेला
रातिमा ३ः५३ बजेदेखि ५ः११ बजेसम्म उद्धेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ