arrow

कोलकाता आईपीएलको फाइनलमा, हैदराबादको लज्जास्पद हार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ९ बुधबार
ipl-2024-kkr-sh-iyers.jpg
तस्बिर – श्रेयस अय्यर र वैंकटेश अय्यर, एपी ।

काठमाडौँ । कोलकाता नाइट राइडर्स भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटको फाइनलमा पुगेको छ । मंगलबार राति भएको पहिलो क्वालिफायर खेलमा सनराइजर्स हैदराबादमाथि शानदार जित हासिल गर्दै कोलकाता फाइनलमा पुगेको हो । 

अब उपाधिका लागि कोलकाताले दोस्रो क्वालिफायरको विजेतासँग आगामी आइतबार खेल्नेछ । दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित टिम हैदराबाद र इलिमिनेटर खेलको विजेता (राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरूबीचको खेल) भिड्ने छन् । 

पहिलो क्वालिफायर
अहमदाबादमा भएको खेलमा कोलकाता ८ विकेटले विजयी भयो । पहिले ब्याटिङ गरेको हैदराबादले १९.३ ओभरमा १५९ रन बनायो । यो हैदराबादको जारी लिगको कमजोर स्कोर हो । हैदराबादले प्रायः २०० रन पार गरेर कीर्तिमान बनाउँदै आएको थियो । 

राहुल त्रिपाठीले ३५ बलमा ५५, हेन्रिच क्लासेनले २१ बलमा ३२ तथा कप्तान पाट कमिन्सले २४ बलमा ३० रन बनाए । मिचेल स्टार्चले ३ विकेट लिए ।

जवाफमा कोलकाताले १३.४ ओभरमै २ विकेटको क्षतिमा जित हासिल गर्यो । तेस्रो विकेटका लागि ९७ रनको अविजित साझेदारी गर्ने क्रममा कप्तान श्रेयस अय्यरले २४ बलमा ५८ तथा वैंकटेश अय्यरले २८ बलमा ५१ रन जोडे । रहमुल्लाह गुरबाजले १४ बलमा २३ तथा सुनिल नाराइनले १६ बलमा २१ रन बनाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ