arrow

दुई नागरिकता र दुई पासपोर्टमा मुछिएका रविले कुन हैसियतले सिरोहियालाई पक्रे ? – अजयबाबु शिवाकोटी [भिडियो] 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ९ बुधबार
ajayababu-shiwakoti-03-09.jpg

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कुन नैतिकताको आधारमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको भनी प्रश्न गरेका छन् । 

पार्टीको केन्द्रीय समिति र संसदीय दलको बुधबार पार्टी मुख्यालय बीपीनगर सानेपामा बसेको बैठकपछि संचारकर्मीहरुसँगको कुराकानीमा नेता शिवाकोटीले गृहमन्त्री रवि लामिछाने आफू नै दुई नागरिकता र दुई पासपोर्टसँगै सहकारी ठगी प्रकरणमा मुछिएका मानिस भएकाले उनले कुन हैसियतले सिरोहियालाई पक्राउ गरे भनी प्रश्न गरेका हुन् । 

उनले रवि लामिछानेले आफ्नो आङको भैँसी नदेख्नेले अर्काको आङको जुम्रा देखेको आरोपसमेत लगाएका छन् । शिवाकोटीले यो प्रतिशोध साँध्नेबाहेक अरु केही नभएकोसमेत बताए ।

 मिडियामा डरको साम्राज्य खडा गरेर पन्छिनका लागि रविले सिरोहियालाई पक्राउ गरेकोसमेत उनले बताए । यो कदमको विरुद्ध लाग्नुपर्नेमा पनि नेता शिवाकोटीले जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ