arrow

मानिसमा बर्डफ्लू

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १० बिहिबार
BIRDFLU.jpg

काठमाडौँ । अस्ट्रेलियामा बर्डफ्लू पनि भनिने एभियन इन्फ्लुएन्जाको पहिलो मानव केस रेकर्ड भएपछि भिक्टोरिया राज्यको स्वास्थ्य प्राधिकरणले बुधबार सार्वजनिक स्वास्थ्य सतर्कता जारी गरेको छ । 

 भिक्टोरियन स्वास्थ्य विभागका अनुसार ‘एच–५एन–१’ एभियन इन्फ्लुएन्जाको यो केस यस वर्षको मार्चमा विदेशबाट फर्केका एक बच्चामा देखिएको थियो । गम्भीर लक्षण देखिएपछि सङ्क्रमित बच्चा पूर्णरूपमा निको भइसकेका छन् ।

 यो रोग मानिसबीच सजिलै नसर्ने भएकाले स्वास्थ्य विभागले राज्यभर उक्त केसको फैलावटको कुनै प्रमाण नभएको र थप मानव केसको सम्भावना धेरै कम रहेको बताएको छ । 

 मेलबर्नबाट करिब ८० किलोमिटर पश्चिममा रहेको ग्रामीण टाउनशिप मेरिडिथ नजिकैको अण्डा फार्ममा कुखुरामा एभियन इन्फ्लुएन्जा भाइरस भेटिएको थियो । उक्त केस मानव केससँग सम्बन्धित नभएको परीक्षणले देखाएको छ । 

 एजेन्सीले विज्ञप्तिमा भन्यो, “कुखुरापालकहरू, घरपछाडिको समुदाय र पक्षी मालिकहरूलाई अपरिचित पक्षीहरूको मृत्युको कुनै पनि घटना रिपोर्ट गर्न आग्रह गरिएको छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ