arrow

संसद्‌‌मा गृहमन्त्रीको मनपरीतन्त्र

सभामुखलाई विश्वप्रकाशको प्रश्न –संसद्‌‌बाट विदेशीलाई सूचना बेचिन्छ भनेर बोल्न पाइन्छ भन्ने कुरामा सहमत हो ? [भिडियो]

‘यदि होइन भने किन रेकर्डबाट हटाउनु हुन्न ? सहमत हो भने गृहमन्त्रीलाई किन सोध्नुहुन्न को हुन् तिनलाई गिरफ्तार गर’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १० बिहिबार
bishwaprakash-sharma-03-10.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद्‌‌बाट विदेशीलाई सूचना बेचिन्छ भनेर बोल्न पाइन्छ भन्ने कुरामा सहमत हो भनी सभामुख देवराज घिमिरेलाई प्रश्न गरेका छन् । बिहीबार महामन्त्री शर्माले सभामुख घिमिरे गृहमन्त्री रवि लामिछानेको उक्त अभिव्यक्तिप्रति सहमत हो भन्दै प्रश्न गरेका हुन् । महामन्त्री शर्माले गृहमन्त्री लामिछानेले सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने संसद्‌‌मा बोलेको अभिव्यक्ति संसद रेकर्डबाट किन नहटाएको समेत भनेका छन् । गृहमन्त्री लामिछानेले संसद्‌‌को बैठकमा सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने अभिव्यक्ति संसद्‌‌मा दिएका थिए । 

महामन्त्री शर्माले भने,' संसद्‌‌मा उभिएर गृहमन्त्रीले विदेशीलाई देशका सूचना बेच्ने मान्छे पनि संसद्‌‌मा छन् भने, त्यो भन्न पाइँदैन । सभामुखलाई सोध्छु म, तपाईँ विदेशीलाई सूचना बेचिन्छ, सांसदबाट भन्ने कुरा संसद्‌‌मा बोल्न पाइन्छ भन्ने कुरामा सहमत हो ? यदि होइन भने किन रेकर्डबाट हटाउनु हुन्न ? सहमत हो भने गृहमन्त्रीलाई किन सोध्नुहुन्न, को हुन् तिनलाई गिरफ्तार गर ।’

भ्रष्टाचारका फाइल खोल्ने कुरा मात्रै नभई०४६ सालपछिका सबै उच्च पदस्थ व्यक्तिहरूको फाइल खोलेर कारबाही गर्न उनले आग्रह गरे । कांग्रेसका कसको कसको छानबिन गर्ने हो गरे हुने तर गम्भीर रूपमा छानबिन हुनुपर्ने बताए । 

महामन्त्री शर्माले भने, ‘सुशासन स्थापित गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने विषयको सन्दर्भमा हामीले गरेका प्रयासहरू जति प्रयासहरू गरेका छौँ, पर्याप्त छैनन्, पर्याप्त भएनन् । त्यसैले अहिले हामीले दबाबको भूमिका जरुरी छ । हामी सरकारमा हुँदा भएका कमजोरीको पनि फाइल खोलियोस् भनेर हाम्रो उपसभापति धनराज गुरुङको नेतृत्वमा संसद्‌‌मा नेपाली कांग्रेस पार्टीले प्रस्ताव लगेको छ । नयाँ पार्टीका साथीहरूले भन्दै हुनुहुन्थ्यो, सहकारी ठगीका फाइलहरू खोल्ने हो भने ०४६ सालपछिका सबै खोल्न तयार हो कांग्रेस ? साथीहरू भन्दै हुनुहुन्थ्यो त्यो भन्दा दुई दिनअघि नै धनराज गुरुङको प्रस्ताव, सहमहामन्त्री बद्रीप्रसाद पाण्डे र जीवन परियारको समर्थनमा नेपाली कांग्रेस पार्टीले संसद्‌‌मा प्रस्ताव नै दर्ता गरिसकेको छ । ०४६ सालपछि को मन्त्री भए, कोको केके भए ? कसले कति कमाए होलान् ? कमाएनन् होला सबै छानबिन गरौँ भनेर प्रस्तावित गरेका छौँ । त्यसैले यो बेलामा नेपाली कांग्रेस दृढतापूर्वक सहकारी ठगी प्रकरणका सन्दर्भमा पनि हामी दृढतापूर्वक बोलिरहेका छाँै । प्रश्न एक जना व्यक्तिको सन्दर्भको होइन । संसद्‌‌मा बोल्दै गर्दा उनले यसको यो विरोध विरोध छ भने । अरुअरु माथि पनि छ त, ममाथि मात्रै किन ? ममाथि छैन भन्ने होइन, ममाथि छ तिमीहरू माथि पनि छ भन्ने छ । कांग्रेसको चलनचल्तीको भाषामा भन्दा दाजु,भाउजू, मामा, माइजू कांग्रेसको कोको माथि सभापति, उपसभापति, पदाधिकारी कोको ? कसको कसको छानबिन गर्नु छ नाम, थर, गोत्र, ससुराली, हातका शङ्ख र चक्र सबै लेख्नुस् तर छानबिन गम्भीरतापूर्वक हुनुपर्छ ।'

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले रवि दोषी देखिए आफूहरू राजनीति छोड्ने र कांग्रेसका कोही व्यक्ति दोषी देखिए कांग्रेसले राजनीति छोड्नुपर्ने चुनौती दिएकोप्रति इङ्गित गर्दै कोही व्यक्ति दोषी देखिए पार्टीले राजनीति गर्न छोड्नुपर्ने अहिलेको समय सती प्रथाको नभएको जिकिर गरे । उनले एक जना दोषी देखिए सबैले राजनीति छोड्ने कुरा सती प्रथा सरह भएको भन्दै सती प्रथा चन्द्र शमशेरले अन्त्य गरिसकेको बताए ।

उनले भने,' कुनै राजनीतिक दल यसरी उभिएर संसार सबैका सामुन्ने पार्टीका सबैको छानबिन गराउन तयार छु कोही भन्छ ? नयाँ दलको एउटा मित्रले के भन्नुभएछ भने, ममाथि छानबिन गर्नुस् यदि दोषी देखिनुभयो भने उहाँले पनि राजनीति छोड्नुहुन्छ हामी पनि राजनीति छोड्छौँ । विश्वप्रकाश शर्मामाथि छानबिन गर्ने, विश्वप्रकाश शर्मा दोषी देखिए विश्वप्रकाश शर्मा जेल जाने हो, बाँकी कांग्रेस जाने होइन । सती प्रथा हो ? श्रीमानको मृत्यु भएपछि श्रीमती जाने ? यो त चन्द्र शमशेरको पालामा उहिल्यै अन्त्य भइसक्यो । सहकारी ठगीको बारेमा गम्भीर छानबिन गर्न जरुरी छ ।' 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ