arrow

चीनले ताइवानलाई चारैतिरबाट घेरा हाल्दै थाल्यो युद्ध अभ्यास

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १० बिहिबार
china-taiwan-war-trailor-24-5-23.jpg

काठमाडौँ । तीन दिनअघि ताइवानमा चीन विरोधी नेता विलियम लाइ चिङ टेले राष्ट्रपति पदको सपथ ग्रहण गरेपछि चीनले बिहीबारदेखि ताइवानलाई चारैतिरबाट घेरेर दुई दिने अभ्यास सुरु गरेको छ । चीनले ताइवानविरुद्ध यति ठूलो युद्धाभ्यास गरेको यो पहिलो पटक हो ।

यसअघि ताइवानमाथि मात्रै आर्थिक नाकाबन्दी लगाउँदै आएको थियो । वास्तवमा, ताइवानमा यस वर्ष जनवरीमा भएको राष्ट्रपतीय चुनाव अघि चीनले उम्मेदवार लाइ चिङ टेलाई पृथकतावादी भनेको थियो ।

तर, चीनको धम्कीका बाबजुद पनि ताइवानमा चिनियाँ विरोधी नेता लाइ चिङ टे विजयी भएका थिए ।  चीनको यस अभ्यासमा लडाकु विमान र धेरै नौसेना युद्धपोतहरू संलग्न छन् ।

चीनको समाचार एजेन्सी सिन्ह्वाका अनुसार चिनियाँ सेनाको पूर्वी थिएटर कमाण्डले यो अभ्यास सुरु गरेको हो । चीनले यस अभ्यासलाई ‘ज्वाइन्ट सोर्ड–२०२४ ए’ नाम दिएको छ । यसका अलावा ताइवान, किनमेन, मात्सु, वुकिउ र डोंग्यिन टापुहरूमा पनि अभ्यास भइरहेको छ ।

ताइवानका नवनियुक्त राष्ट्रपति लाइ चिङ–टेले चीनलाई सैन्य अभ्यास बन्द गर्न आग्रह गरेका छन् । लाइले चीनलाई आफ्नो क्रोध रोक्न र सम्पूर्ण क्षेत्रमा शान्ति कायम गर्न प्रयास गर्न अपील गरेका छन् । लाइका अनुसार अभ्यास भइरहेको टापुहरू ताइवानकै हुन् । साथै, ताइवानी सेनालाई पनि अलर्टमा राखिएको छ, ताकि सम्पूर्ण क्षेत्रमा शान्ति कायम होस् ।

राष्ट्रपति बनेपछि लाइले आफ्नो पहिलो सम्बोधनमा पनि ताइवान एक स्वतन्त्र देश हो, जसले देशको सार्वभौमसत्ता कायम राख्न जे पनि गर्न सक्छ भन्ने कुरा पनि बताए । ताइवान सरकारले आफ्नो लोकतन्त्र र स्वतन्त्रतामा कुनै सम्झौता गर्दैन ।

त्यसको भोलिपल्ट चिनियाँ विदेशमन्त्री वाङ यीले ताइवानको प्रतिवाद गरे । उनले भने, ‘ताइवानका नयाँ राष्ट्रपति लाइ चिङ्(टे र उनका सहयोगीहरूले आफ्नो कार्यले देशलाई मात्र होइन हाम्रा पुर्खाहरूलाई पनि धोका दिएका छन् ।’

चिनियाँ सेनाले ९६ वर्ष पूरा गरेपछि पनि यो अभ्यास भएको हो । यसअघि गत वर्षको अगस्टमा पनि चिनियाँ सेना पिपुल्स लिबरेशन आर्मी (पीएलए) का सैनिकहरू ताइवानमा आक्रमणको लागि तालिम लिइरहेको देखिएका थिए । 

अमेरिकाले सन् १९७९ मा चीनसँगको सम्बन्ध पुनर्स्थापित गर्दै ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको थियो । तर, चीनको आपत्तिका बाबजुद अमेरिकाले ताइवानलाई हतियार आपूर्ति जारी राखेको छ । अमेरिकाले पनि दशकौंदेखि एक चीन नीतिलाई समर्थन गर्दै आएको छ, तर ताइवानको मुद्दामा अस्पष्ट नीति अपनाइरहेको छ।

राष्ट्रपति जो बाइडेन हाल यस नीतिबाट टाढा रहेको देखिन्छ । उनले चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकालाई बचाउन आउने बताएको छ । बाइडेनले हतियार बिक्री जारी राख्दै ताइवानसँग अमेरिकी अधिकारीहरूको सम्बन्ध बढाएको छ ।

अमेरिकी विश्लेषकहरूको आधारमा चीनको सैन्य क्षमता यति हदसम्म बढेको छ कि ताइवानको रक्षामा अमेरिकी विजय अब ग्यारेन्टी छैन । चीनसँग अहिले विश्वको सबैभन्दा ठूलो नौसेना छ र अमेरिकाले त्यहाँ सीमित जहाज मात्र पठाउन सक्छ ।

यदि चीनले ताइवान कब्जा गर्छ भने, उसले पश्चिमी प्रशान्त महासागरमा आफ्नो प्रभुत्व देखाउन थाल्नेछ। यसले गुआम र हवाई टापुहरूमा रहेको अमेरिकी सैन्य अड्डाहरूलाई पनि खतरामा पार्न सक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ