arrow

‘गाउँ आएको बाटो’ को ‘ट्रेलर’ सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ११ शुक्रबार
gaun-aayako-bato.jpg

काठमाडौँ । चलचित्र ‘गाउँ आएको बाटो’ को ‘ट्रेलर’ सार्वजनिक भएको छ ।

विश्व टोरोन्टो, बुसानजस्ता फिल्म महोत्सवमा सहभागी यो चलचित्रमा कलाकार दयाङ राई, अभिनेत्री पशुपति राई र बाल कलाकार प्रसन राईको मुख्य अभिनय छ । 

बिहीबार ट्रेलर सार्वजनिकपछि अभिनेता दयाहाङ राईले चलचित्रमा अभिनय गर्न पाउँदा खुसी लागेको बताए ।

“यो चलचित्र वर्षौँ पहिले सुनेको थिए तर अभिनय नै गर्न पाउँला भनेर सोचेको थिएन”, अभिनेता राईले भने,“विश्व बजारमा पुगेको चलचित्रमा खेल्न पाउनु मेरो लागि खुसीको कुरा हो । अब घरेलु दर्शकले मन पराउने अपेक्षा गरेको छु ।” 

राईले यस चलचित्रबाट धेरै कुरा सिक्ने अवसर पाएको बताए । महेश राईले लेखेको यस चलचित्रको निर्माता अमोद राई छन् भने निर्देशन नवीन सुब्बाले गरेका छन् । 

त्यस्तै, अमेरिकन छायाँकार जोश हेरमले खिचेको चलचित्रमा हाइडी लीको सङ्गीत, केदार श्रेष्ठको ‘कास्टिङ’ निर्देशन, राज थापाको कला निर्देशन, किशोर आचार्यको ‘साउन्ड डिजाइन’, सिकुमा राईको पहिरन, क्वान पुन लुङले सम्पादन गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ