arrow

कैलाश सिरोहियाको म्याद थपिएला कि छुट्लान् ? अदालत लगिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ११ शुक्रबार
kailash-sirohia-pakrau.jpg
तस्बिर – फाइल ।

धनुषा । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज म्याद गप गर्न धनुषा जिल्ला अदालतमा लगिँदै छ ।

सिरोहियालाई म्याद थप गर्न धनुषा जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सिरोहिमामाथिको अनुसन्धान नसकिएकोले उनलाई म्याद थप गर्न अदालत लागिन लागेको हो । 

उनलाई अदातलले आजै छाड्न पनि सक्छ ।

यसअघि जिल्ला न्यायाधीश चुरामन खड्काको ईजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएको थियो ।

सिरोहियालाई प्रहरीले मंगलबार काठमाडौँबाट पक्राउ गरेर धनुषा ल्याइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ