कैलाश सिरोहियाको म्याद थपिएला कि छुट्लान् ? अदालत लगिँदै
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ११ शुक्रबार
1.3k
Shares
तस्बिर – फाइल ।
धनुषा । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज म्याद गप गर्न धनुषा जिल्ला अदालतमा लगिँदै छ ।
सिरोहियालाई म्याद थप गर्न धनुषा जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सिरोहिमामाथिको अनुसन्धान नसकिएकोले उनलाई म्याद थप गर्न अदालत लागिन लागेको हो ।
उनलाई अदातलले आजै छाड्न पनि सक्छ ।
यसअघि जिल्ला न्यायाधीश चुरामन खड्काको ईजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएको थियो ।
सिरोहियालाई प्रहरीले मंगलबार काठमाडौँबाट पक्राउ गरेर धनुषा ल्याइएको थियो ।