arrow

बम बम भोले !

logo
शिरिष विलास, 
प्रकाशित २०८१ जेठ १२ शनिबार
shirish-vilas-81-2-12.jpg

अगडम बगडम बम बम भोले
साइला दाइले सेकुवा पोले
नेताजीले खै कुन्नि के बोले
विकासको नाममा आफ्नै खाता पो खोले । 
अगडम बगडम बम बम भोले 
जो आए नि सबै झोले  
पोलेको सेकुवा साह्रै मिठो
झोलसँग झन् खाइन्छ छिटो
खाएकै सुरमा सम्झिन्छु देशलाई
बेसुरो यो गीत सुनाउछु सबलाई । 
अगडम बगडम बम बम भोले
देशलाई छ पीडा बुझ्छ कोले ? 
एक साता अघि थियो मेरो अनुरोध
गर्नु है माया, नगर्नु है प्रतिरोध
माटो यो हाम्रो, सिर्जनशील छ अझै
नछोड यसलाई बनाएर बाँझै । 
अगडम बगडम बम बम भोले
बम बम भोले ! 
बम बम भोले !
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ