arrow

१५ घण्टाभन्दा कम समयममा सगरमाथा आरोहण गरेकी फुञ्जोको स्वागत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १३ आइतबार
funjo-lama-sagarmatha.jpg

काठमाडौँ । पन्ध्र घण्टाभन्दा कम समयममा विश्वको सर्वोच्च शिखर सगरमाथामा आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्न सफल फुञ्जो लामालाई काठमाडौँमा भव्य स्वागत गरिएको छ । 

आरोही फुञ्जोले यही जेठ १० गते बिहान सगरमाथा शिखरमा पुगेर सबैभन्दा कम समयमा सगरमाथा आरोहण गर्ने महिला आरोहीको कीर्तिमान कायम गरेकी हुन् । उन २४ घण्टा २४ मिनेटमा आधार शिविरबाट चुचुरोमा पुग्न र त्यहाँबाट आधार शिविरमा ओर्लेर कीर्तिमान कायम गर्न सफल भएकी हुन् । 

 विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार उनले १४ घण्टा ३१ मिनेटमा शिखर चुमेकी हुन् । सन् २०१८ मा उनले ३९ घण्टा छ मिनेटमा शिखरमा पुग्नुभएको थियो । सन् २०२१ मा हङ्कङकी स्याङ यिन हङले २५ घण्टा ५० मिनेटमा शिखरमा पुगेर उनको कीर्तिमान भङ्ग गरेकी थिइन् । 

विसं २०४३ मा गोरखाको छेकम्पार बुर्जीगाउँ (चुम भ्याली)मा सामान्य परिवारमा जन्मेकी फुन्जोको सानै उमेरदेखि हिमाल आरोहणमा रुचि थियो । अमेरिकाको ‘डेनाली’ हिमाल चढेर आरोहण यात्रा प्रारम्भ गरेकी उनले चोयु, आमाडब्लम, लापुछे, मनास्लुको सफल आरोहण गरेकी छन् । उनले फ्रान्सको ‘मोमलङ’ हिमाल पनि आरोहण गरिसकेकी छन् ।
 
विमानस्थलमा उनलाई पर्वतारोही, पर्यटन व्यवसायी, सगरमाथा आरोही सङ्घका पदाधिकारी सगरमाथा आधार शिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख सम्पर्क अधिकृत लगायत साहसिक पर्यटन क्षेत्रका अगुवाले स्वागत गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ