arrow

सहकारी ठग बचाउने सरकारविरुद्ध कांग्रेसको शक्ति प्रदर्शन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १३ आइतबार
congress-sahakari-thagi-81-.jpg

काठमाडौं । सरकारी अधिनायकवाद, अनुदारवाद र अलोकतान्त्रिक रवैया तथा सहकारी गठी विरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आइतबारदेखि सशक्त सडक आन्दोलन थालेको छ । लाखौँ नेपाली जोडिएको सहकारीको बचत रकम अपचलन तथा ठगीविरुद्ध कांग्रेसले सडक आन्दोलन थालेको हो । 

राजधानीको भृकुटीमण्डपमा हजारौँको सहभागीतामा कांग्रेसले सरकारविरुद्ध शक्ति प्रदर्शन गरेको हो । पहिलो चरणमा काठमाडौँ उपत्यकाका तीन ओटै जिल्लाका १५ निर्वाचन क्षेत्रबाट प्रदर्शन भएको छ । १५ निर्वाचन क्षेत्रबाट भेला भएर भृकुटीमण्डपमा वृहत कार्यक्रम गरेको हो । 

कांग्रेसले सहकारी बचतकर्ताको रकम फिर्ता दिनुपर्ने, सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि संसदीय छानबिन समिति हुनुपर्ने सहितका माग राखेर उपत्यकाकेन्द्रित सडक आन्दोलन गरेको हो । 

कांग्रेसका अनुसार विभिन्न सहकारीबाट झन्डै पाँच खर्ब रुपैयाँ अपचलन भएको छ । यति ठूलो रकम अपचलन हुँदासमेत सरकार गम्भीर नभएपछि कांग्रेसले आन्दोलनको बाटो रोजेको हो । 

कांग्रेसले फागुनदेखि संसदमासमेत सहकारीको विषय उठाएर छानबिनको माग गर्दै आएको छ । सरकार भने कांग्रेसको माग दबाउँदै जतिसक्यो बढी नेपाली सहकारी पीडितलाई अझ बढी पीडामा पार्ने योजनामा लागेको कांग्रेसको बुझाइ छ । 

अधिकांश सहकारीका मालिकहरु एमालेका रहेकाले रविको छानबिन हुनासाथ एमालेका नेता कार्यकर्ता पनि फस्ने भएकाले यो विषयलाई गौण नै राख्न खोजिएको छ । 

छानबिन समिति बनाए पनि व्यक्तिको नाम नतोकी गर्नुपर्नेमा सत्ता गठबन्धनको जोड छ । कांग्रेसले ३१ हजार ३७३ सहकारीमा आबद्ध ७३ लाख ८१ हजार सर्वसाधारणको धेरै बचत यसरी सहकारीका सीमित सञ्चालक र निजी कम्पनीहरूले संगठित रूपमा अपचलन, ठगी र दुरुपयोग गरेको जनाएको छ । 

हजारौँ सहकारी पीडितले बचत फिर्ता, सुरक्षा र न्यायका लागि विभिन्न तह र निकायमा उजुरी निवेदन दिएकोसमेत उल्लेख गरेको छ । 

congress-strength-exhibition-81-2-13 (1).jpg
congress-strength-exhibition-81-2-13 (2).jpg
congress-strength-exhibition-81-2-13 (3).jpg
congress-strength-exhibition-81-2-13 (4).jpg
congress-strength-exhibition-81-2-13 (5).jpg
congress-strength-exhibition-81-2-13 (6).jpg
congress-strength-exhibition-81-2-13 (7).jpg
congress-strength-exhibition-81-2-13 (8).jpg
congress-strength-exhibition-81-2-13 (9).jpg
congress-strength-exhibition-81-2-13 (10).jpg
congress-strength-exhibition-81-2-13 (11).jpg
congress-strength-exhibition-81-2-13 (12).jpg
congress-strength-exhibition-81-2-13 (13).jpg
congress-strength-exhibition-81-2-13 (14).jpg
congress-strength-exhibition-81-2-13 (15).jpg
congress-strength-exhibition-81-2-13 (16).jpg
congress-strength-exhibition-81-2-13 (17).jpg
congress-strength-exhibition-81-2-13 (18).jpg
congress-strength-exhibition-81-2-13 (19).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ