arrow

कांग्रेसको अडान

गृहमन्त्रीको नाम उल्लेख गरेरै छानबिन समिति बन्ने कुराबाट पछि हट्दैनौँ - कांग्रेस [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १३ आइतबार
jeevan-pariyar-03-13.jpg

काठमाडौँ । नेपाली कांग्रेसले सहकारी प्रकरण छानबिन गर्न गठित संसदीय समितिमा गृहमन्त्रीको नाम उल्लेख गर्नुपर्ने आफूहरूको अडान कायम रहेको बताएको छ ।.

आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कार्यदल सदस्य समेत रहेका सांसद परियारले कार्यदल बैठक कांग्रेसले अघि सारेको प्रस्तावमा जहाँको त्यहीँ भएको बताएका हुन् । उनले आफूहरू गृहमन्त्री लामिछानेको नाम तोकेरै कार्यादेश बनाउनुपर्ने अडानमा कायम रहेको उल्लेख गर्दै सत्तापक्ष सो कुरामा सहमत नभएको बताए । 

उनले सत्तापक्ष विभिन्न शब्दहरूमा खेलिरहेको आरोप पनि लगाए । उनले विभिन्न सहकारीको रकम अपचलन भएको गोर्खा मिडिया नेटवर्कसँग संवृद्ध पदाधिकारीहरूलाई छानबिनको दायरामा नल्याएसम्म कांग्रेस मान्ने वाला नरहेको स्पष्ट पारे । उनले कार्यादेशमा सहमति भएर संसदीय छानबिन समिति बनेन भने बजेट प्रस्तुत हुँदा पनि आफूहरूको आन्दोलन जारी रहने बताए ।

उनले भने – ‘कार्यदल बैठकमा कांग्रेसले अघि सारेको प्रस्तावमा जहाँको त्यहीँ छौँ । कार्यदलको बैठकमा नेपाली कांग्रेसले उठाउँदै आएको विषयमा सत्तापक्षले के भनेको छ भने हामी रवि लामिछानेको नाम राखेर टिओआर बनाउन हामी असमर्थ छौँ । हाम्रो बटमलाइन त्यही नै हो भनेर पटक–पटक भन्नुभयो । तर अन्य कुरामा सहमत छौँ भनेर उहाँहरुले भन्नुभयो । हामी नजिक पुगेका छौँ पनि भन्नुहुन्छ । तर एकपछि अर्को र पछिल्लो दिनमा आइपुग्दा अन्य शब्दावलीमा उहाँहरु खेलिरहनु भएको छ । त्यसकारण नेपाली कांग्रेस पार्टी जहाँ अडिएको छ, रवि लामिछाने हिजो कार्यरत रहेको गोर्खा मिडिया नेटवर्कमा जुन खालको अपचलन भयो भनेर विपक्षी दलले उठाएको छ । उठाएको अडानमा त्यहीँ छौँ । जबसम्म गोर्खा मिडिया नेटवर्कमा अपचलन भएको, त्यहाँ भएका पदाधिकारीहरू, त्यहाँ भएका व्यक्तिहरू जो–जो छानबिनको दायरामा ल्याउनुपर्छ, त्यो छानबिनको दायरामा नल्याएसम्म नेपाली कांग्रेसले मान्ने वाला छैन । यदि सत्तापक्षले टिओआरमा सहमति गर्‍यो । भोलिसम्म सहमति गरेर टिओआर बनेर छानबिन समिति बन्यो संसद्बाट भने सहज ढङ्गबाट बजेट आउँछ । होइन भने हाम्रो विरोध जारी रहन्छ । विपक्षी उभिँदा पनि संसद चलाउनु लोकतन्त्रकै उपहास हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ