arrow

आईपीएलको उपाधिमा ह्याट्रिकका लागि कोलकाता ११४ रनको चुनौती पछ्याउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १३ आइतबार
ipl-2024-final-kkr-sh.jpg

काठमाडौँ । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटको सत्रौँ संस्करणको उपाधिक लागि अहिले कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद भिडिरहेका छन् । जितका लागि कोलकाताले मात्र ११४ रनको चुनौती पछ्याउँदैछ । 

चेन्नईको मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै हैदराबादले १८.३ ओभरमा अलआउट हुँदै ११३ रनमात्र बनायो । कप्तान पाट कमिन्सले १९ बलमा सर्वाधिक २४ रन बनाए । आईपीएलको फाइनलमा यो सबैभन्दा कम योगफल हो । 

आन्द्रे रसेलले ३ तथा मिचेल स्टार्च र हर्षित रानाले २–२ विकेट लिए । 

यो उपाधि जित्दा कोलकाताले ह्याट्रिक गर्नेछ । 

पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग ८ विकेटले पराजित भएको हैदराबाद दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले हराउँदै फाइनलमा पुगेको हो । 

राजस्थानले प्लेअफमा रोयल च्यालेन्जर्स बैंगलुरूलाई हराएर दोस्रो क्वालिफायरमा ठाउँ बनाएको थियो । 

इतिहास कसलाई जिताउन खोज्दैछ ? 
अहिलेसम्मका १६ संस्करणको लेखाजोखा गर्ने हो भने लिग चरणको दोस्रो स्थानमा रहेको टिमले आठ पटक उपाधि जितेको छ । शीर्ष स्थानमा रहेको टिमले ५ पटक, तेस्रो स्थानमा हुने टिमले २ पटक तथा चौथो स्थानमा लिग सकाएको टिमले एक पटक उपाधि जितेको छ । 

सनराइजर्स हैदराबादले सन् २०१६ मा चौथो स्थानमा लिग सकाएको भए पनि उपाधि जितेको थियो । 

यसपालि पहिलो स्थानमा रहेर लिग सकाएको कोलकाता र दोसूो स्थानमा रहेको हैदराबादबीच उपाधि भिडन्त हुँदै गर्दा इतिहासले जित्ने बढी अवसर हैदराबादलाई प्रदान गरेको छ । 

फाइनलमा टस जित्ने टिमले ६२.५ प्रतिशत जित हासिल गरेको कीर्तिमान छ । १६ खेलमा १० फाइनल टस जित्नेले नै जितेको इतिहास छ । 

आधा भन्दा बढी फाइनल खेल रन पछ्याउने टिमले जितेको छ । फाइनलमा अहिलेसम्म २०० भन्दा बढी रनको चुनौती कसैले पछ्याउन सकेको छेन । 

आईपीएल उपाधि इतिहास–
सन् २००८ देखि शुरु भएको आईपीएलमा सर्वाधिक सफल दुई टिम मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सले समान ५–५ पटक उपाधि जितेका छन् । 

कोलकाता नाइट राइडर्सले २ पटक तथा सनराइजर्स हैदराबाद, गुजरात टाइटान्स, राजस्थान रोयल्स र डेक्कन चार्जर्सले १ पटक उपाधि जितेका छन् । 

अंक तालिकाको लेखाजोखा
कोलकाताले २० तथा हैदराबादले १७ अंक हासिल गरेको हो । १७ अंक नै भए पनि राजस्थान रोयल्समाथि रनरेटमा ०.१४१ ले अगाडि रहँदै हैदराबाद दोस्रो स्थानमा रहेको हो । त्यस्तै रनरेटमा अगाडि रहँदै रोयल च्यालेन्जर्स बैंगलुरू चौथो हुँदै प्लेअफमा पुग्यो । 

यसपालि पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्स १० टिम सहभागी रहेको आईपीएलको पाँचौँ स्थानमा रहेर लिग चरणबाटै बाहिरियो । 

त्यस्तै अर्को पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स पुछारमा रहेर बाहिरियो । दिल्ली क्यापिटल्स छैटौँ, लखनउ सुपर जाइन्टस सातौँ, गुजरात टाइटान्स आठौँ र पञ्जाब किंग्स नवौँ भयो । 

बैंगलुरू प्लेअफमा सबेभन्दा बढी खेल हार्ने टिम
बैंगलुरू प्लेअफमा सबैभन्दा बढी खेल हार्ने टिम बनेको छ । बुधबार राति भएको इलिमिनेटर खेलमा राजस्थान रोयल्ससँग पराजित हुँदै यो सिजनबाट बाहिरिएको बैंगलुरू आईपीएलको इतिहासमै प्लेअफमा सबैभन्दा बढी खेल हार्ने टिम बनेको छ । 

अहमदाबादमा राजस्थानसँग ४ विकेटले पराजित हुँदै लगातार ६ खेल जितेर प्लेअफमा पुगेको बैंगलुरू बाहिरिएको हो । 

चहल आईपीएलको इतिहासमा सबैभन्दा बढी छक्का खाने बलर
युजभेन्द्र चहल आईपीएलको इतिहासमा सबैभन्दा बढी छक्का खाने ब्याट्सम्यान बनेका छन् । उनले लिगमा अहिलेसम्म ३ हजार ५२१ बल फ्याँकेकामा २२३ छक्का खाएका छन् । यसअघि पियुष चावलाको नाममा २२२ छक्काको कीर्तिमान थियो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ