arrow

कोलकाताले गर्‍यो आईपीएलको उपाधिमा ह्याट्रिक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १३ आइतबार
ipl-2024-final-kkr-shy.jpg

काठमाडौँ । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ । 

सत्रौँ संस्करणको उपाधि जितेसँगै कोलकाताले उपाधिमा ह्याट्रिक गरेको हो । यसअघि कोलकाताले सन् २०१२ र सन् २०१२ मा उपाधि जितेको हो । यसपालि फाइनलमा सनराइजर्स हैदराबादलाई सहजै ८ विकेटले पराजित गर्दै कोलकाताले तेस्रो उपाधि जित्न सफल भएको हो । 

कोलकाताले ११४ रनको झिनो चुनौती १०.३ ओभरमै २ विकेट गुमाएर जितेको हो । वैंकटेश अय्यरले २५ बलमा अविजित रहँदै ५१ रन बनाए । रहमुल्लाह गुरबाजले ३२ बलमा ३९ रन बनाए । 

यसअघि चेन्नईको मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै हैदराबादले १८.३ ओभरमा अलआउट हुँदै ११३ रनमात्र बनायो । कप्तान पाट कमिन्सले १९ बलमा सर्वाधिक २४ रन बनाए । आईपीएलको फाइनलमा यो सबैभन्दा कम योगफल हो । 

आन्द्रे रसेलले ३ तथा मिचेल स्टार्च र हर्षित रानाले २–२ विकेट लिए । 

पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग ८ विकेटले पराजित भएको हैदराबाद दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले हराउँदै फाइनलमा पुगेको थियो । 

राजस्थानले प्लेअफमा रोयल च्यालेन्जर्स बैंगलुरूलाई हराएर दोस्रो क्वालिफायरमा ठाउँ बनाएको थियो । 

इतिहासको विजेता 
अहिलेसम्मका १७ संस्करणको लेखाजोखा गर्ने हो भने लिग चरणको दोस्रो स्थानमा रहेको टिमले आठ पटक उपाधि जितेको छ । शीर्ष स्थानमा रहेको टिमले छैटौँ पटक उपाधि जितेको छ ।

तेस्रो स्थानमा हुने टिमले २ पटक तथा चौथो स्थानमा लिग सकाएको टिमले एक पटक उपाधि जितेको छ । 

सनराइजर्स हैदराबादले सन् २०१६ मा चौथो स्थानमा लिग सकाएको भए पनि उपाधि जितेको थियो । 

आईपीएल उपाधि इतिहास–
सन् २००८ देखि शुरु भएको आईपीएलमा सर्वाधिक सफल दुई टिम मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सले समान ५–५ पटक उपाधि जितेका छन् । 

कोलकाता नाइट राइडर्सले ३ पटक तथा सनराइजर्स हैदराबाद, गुजरात टाइटान्स, राजस्थान रोयल्स र डेक्कन चार्जर्सले १ पटक उपाधि जितेका छन् । 

अंक तालिकाको लेखाजोखा
लिग चरणमा कोलकाताले २० तथा हैदराबादले १७ अंक हासिल गरेको थियो । १७ अंक नै भए पनि राजस्थान रोयल्समाथि रनरेटमा ०.१४१ ले अगाडि रहँदै हैदराबाद दोस्रो स्थानमा रहेको थियो । त्यस्तै रनरेटमा अगाडि रहँदै रोयल च्यालेन्जर्स बैंगलुरू चौथो हुँदै प्लेअफमा पुग्यो । 

यसपालि पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्स १० टिम सहभागी रहेको आईपीएलको पाँचौँ स्थानमा रहेर लिग चरणबाटै बाहिरियो । 

त्यस्तै अर्को पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स पुछारमा रहेर बाहिरियो । दिल्ली क्यापिटल्स छैटौँ, लखनउ सुपर जाइन्टस सातौँ, गुजरात टाइटान्स आठौँ र पञ्जाब किंग्स नवौँ भयो । 

बैंगलुरू प्लेअफमा सबेभन्दा बढी खेल हार्ने टिम
बैंगलुरू प्लेअफमा सबैभन्दा बढी खेल हार्ने टिम बनेको छ । बुधबार राति भएको इलिमिनेटर खेलमा राजस्थान रोयल्ससँग पराजित हुँदै यो सिजनबाट बाहिरिएको बैंगलुरू आईपीएलको इतिहासमै प्लेअफमा सबैभन्दा बढी खेल हार्ने टिम बनेको छ । 

अहमदाबादमा राजस्थानसँग ४ विकेटले पराजित हुँदै लगातार ६ खेल जितेर प्लेअफमा पुगेको बैंगलुरू बाहिरिएको हो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ