arrow

वैवाहिक बलात्कारमा पूर्वन्यायाधीश गिरी दोषी ठहर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १४ सोमबार
bhuwan-giri-judge-rape-wife.jpg

काठमाडौँ ।  जिल्ला अदालत काठमाडौँले निलम्बित न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ ।

न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले आइतबार जिल्ला न्यायाधीश गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो । 

जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माका अनुसार जिल्ला न्यायाधीश गिरी बलात्कारको मुद्दामा दोषी ठहर भएको र सजाय निर्धारणका लागि यही जेठ २८ गते पेसी तोक्न आदेश भएको छ । 

जिल्ला अदालत कपिलवस्तुमा जिल्ला न्यायाधीशका रूपमा काम गरिरहँदा प्रहरीमा जाहेरी परेपछि न्यायाधीश गिरीलाई निलम्बित गरी थुनामा राखिएको छ । 

 तत्कालीन न्यायाधीश  गिरीविरुद्ध वैवाहिक बलात्कार मुद्दा परेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ