arrow

बालुवाटारमा सत्तापक्ष र प्रतिपक्षको संयुक्त बैठक

सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर भएन - कांग्रेस [भिडियो]

हामीले जनताको बचत रकम फिर्ता र सुनिश्चित गर्ने कुरामा केन्द्रित छौँ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १४ सोमबार
jeevan-pariyar-03-14.jpg

काठमाडौँ। नेपाली कांग्रेसले सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर नभएको बताएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका सांसद जीवन परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सकारात्मक भए पनि सत्तापक्षका अन्य राजनीतिक दलहरू गम्भीर नभएको बताए । 

नेपाली कांग्रेसले लामो समयदेखि सहकारी पीडितहरू, बचतकर्ताहरूको बचतको सुरक्षा र ती पीडितहरूले अविलम्ब आफ्नो बचत रकम फिर्ताको सुनिश्चितता खोजेको बताए । उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा रहँदा विभिन्न सहकारीबाट करोडौँको रकम गोरखा मिडिया नेटवर्कमा र गोरखा मिडिया नेटवर्कमा विभिन्न कम्पनी र व्यक्तिमार्फत रकम पुगेको बारेमा अनुसन्धान गर्न माग गर्दै आएको बताए । उनले सही ढङ्गबाट छानबिन हुनुपर्ने कांग्रेसको माग रहेको बताए ।

उनले भने, ‘हामी अत्यन्त गम्भीर भएका छौँ । नेपाली कांग्रेस पार्टीले लामो समयदेखि अघिल्लै सदनदेखि नै लाखौँलाख सहकारी पीडितहरू, बचतकर्ताहरूको बचतको सुरक्षा र ती पीडितहरूले अविलम्ब आफ्नो बचत रकम फिर्ताको सुनिश्चितता खोजेका छन् । पहिलो प्राथमिकता त्यसमा छ । सहकारी विभागले समस्याग्रस्त सहकारीको सूचि सार्वजनिक गर्ने, हिजोआज पनि कयौँ सहकारीले अर्बौँ रकम अपचलन गरेको भनेर सञ्चारमाध्यममा सुन्नु परिहेरेको छ । अहिले ५-६ दर्जन सहकारी संस्थाहरूले रकम अपचलन गरेको कुरा हामीले सुन्दै आएका छौँ । लाखौँ लाख बचतकर्ताहरूको रकम कसरी बचतकर्ताहरूको हातमा पुग्छ, पहिलो प्राथमिकता छ । हामीले माननीय उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेजीले गोरखा मिडिया नेटवर्कमा रहँदा विभिन्न सहकारीबाट करोडौँको रकम गोरखा मिडिया नेटवर्कमा र गोरखा मिडिया नेटवर्कमा विभिन्न कम्पनी र व्यक्तिमार्फत रकम पुगेका छन् । त्यसको सही ढङ्गबाट छानबिन हुनुपर्छ भन्ने नेपाली कांग्रेसको धारणा हो । सत्ता पक्षले प्रस्तावमा सकारात्मक छौँ भन्ने र कहिले गलत व्याख्या गरिदिने कुराले अन्यौलता आएको छ । हामीले जनताको बचत रकम फिर्ता र सुनिश्चित गर्ने कुरामा केन्द्रित छौँ । प्रधानमन्त्रीको पहल कदमी सकारात्मक छ तर सम्पूर्ण सत्ता पक्षको सोचेको जस्तो समस्या समाधान भन्नेतर्फ समस्यालाई अल्झाइरहने जस्तो देखिन्छ ।'
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ