arrow

रवि लामिछानेलाई गृहमन्त्रीबाट निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १४ सोमबार
ravi-lamichhane-03-07.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । 

सोमबार दर्ता भएको रिटमा लामिछानेविरुद्ध कुनै मुद्दा नभएको भनेर क्लिन चिट दिने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीकोसमेत माग गरिएको छ । 

सो रिटमाथि छलफल गर्न १६ गते बुधबारका लागि पेशी तोकिएको छ । 

यसअघि उक्त रिट सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेलले दरपीठ गरिदएपछि त्यसविरुद्ध परेको रिटमा गत बधुबार सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट दर्ताको आदेश दिएको थियो । 

उक्त आदेशपछि अधिवक्ता अनुपम भट्टराईले दायर गरेको महान्यायाधिवक्ता कार्यालय, रवि लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेलविरुद्धको रिट निवेदन दर्ता भएको हो ।

रिटमा कास्की, रुपन्देही र चितवनमा लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा दायर नभएको भनेर महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रको कानूनी वैधतामाथिसमेत प्रश्न उठाइएको छ । 

त्यस्तै लामिछाने सहकारी ठगीमा संलग्न रहेको र त्यसको छानबिन गर्दाका क्रममा गृहमन्त्रीबाट निलम्बन गर्न माग गरिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ