arrow

बजेट ल्याउने तयारीकाबीच कांग्रेस संसदीय दलको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
congress-parliament-11-24.jpg

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । 

सरकारले आज बजेट ल्याउने तयारी गरिरहेका बेला कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आज बिहान ११ बजे बैठक बस्न लागेको जानकारी दिए । 

 बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।

कांग्रेसले पछिल्लो समय सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ