arrow

ईयू–इजरेल सम्बन्धमा गिरावट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
european-union-eu.jpg

काठमाडौँ । युरोपेली सङ्घ (ईयू) का सदस्य आयरल्यान्ड र स्पेनद्वारा प्यालेस्टिनी राज्यको कूटनीतिक मान्यताको पूर्वसन्ध्यामा ईयू र इजरेलबीचको सम्बन्धमा गिरावट आएको छ । म्याड्रिडले दक्षिणी गाजा सहर रफाहमा लगातार आक्रमणका लागि इजरेलविरुद्ध प्रतिबन्धबारे विचार गर्नुपर्ने सुझाव दिएको छ । 

इजरेली विदेशमन्त्री इजरेल काट्जले स्पेनसँग जेरुसेलममा उसको वाणिज्य दूतावासलाई प्यालेस्टिनीहरूलाई सहयोग गर्न अनुमति नदिइने बताएका छन् । 

उही समयमा ईयूका विदेश नीति प्रमुख एवं स्पेनियार्ड जोसेप बोरेलले अन्तर्राष्ट्रिय फौजदारी अदालतको समर्थन गर्नका लागि आफ्नो पूर्ण बल लगाएका छन् । मुद्दाका अभियोजकले इजरेली प्रधानमन्त्री बेन्यामिन नेतान्याहु र हमासका नेताहरूसहित अन्यका विरुद्ध पक्राउ पुर्जी खोजिरहेका छन् । 

“अदालतका अभियोजकलाई नराम्रोसँग त्रास देखाइएको छ र यहुदीविरोधी भावनाको आरोप लगाइएको छ, यहुदीविरोधी शब्द धेरै भारी छ, यो अत्यन्त महत्त्वपूर्ण छ”, बोरेलले भने । 

काट्जले स्पेनमाथि प्यालेस्टिनी राज्यलाई मान्यता दिएर ‘आतङ्कवादलाई बढवा दिएको’ आरोप लगाउँदै ‘इन्क्विजिसन (न्यायिक जाँच) को दिन समाप्त भएको’ बताउनुभएपछि सोमबार आक्रोशित शब्दहरूले भरिएका छन् । 

उनले १५औँ शताब्दीमा रोमन क्याथोलिक कट्टरपन्थीलाई कायम राख्नका लागि सुरु गरिएको कुख्यात स्पेनी संस्थाका बारेमा उल्लेख गरे । उक्त संस्थाले यहुदी र मुसलमानहरूलाई भाग्न, क्याथोलिक धर्ममा परिवर्तन गर्न वा केही मामिलामा मृत्युको सामना गर्न बाध्य पारेको थियो । 

“कसैले हामीलाई हाम्रो धर्म परिवर्तन गर्न वा हाम्रो अस्तित्वलाई खतरामा पार्न बाध्य पार्ने छैन– जसले हामीलाई हानि पुर्याउँछ बदलामा हामी हानि गर्नेछौँ”, काट्जले भने । 

ईयू र उसका सदस्य मुलुकहरू अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणको निन्दा गर्न प्रतिबद्ध भए पनि उक्त गुटले इजरेलको आगामी आक्रमणका लागि समानरूपमा आलोचना गरेको छ । 

पछिल्लो आक्रमण रफाहमा केन्द्रीत छ । यहाँ इजरेली आक्रमणमा आइतबार कम्तीमा ३५ जनाको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य कार्यकर्ताहरूले बताएका छन् । विस्थापितहरूको टेन्टहरूमा आक्रमण हुँदा अन्य ‘धेरै’ मानिस जलिरहेको टेन्टमा फसेका थिए । 

राष्ट्रसङ्घीय शीर्ष अदालत अन्तर्राष्ट्रिय अदालतले शुक्रबार इजरेलले गाजा क्षेत्रका लागि युद्धविरामको आदेश नदिए पनि रफाहमा आफ्नो आक्रमण तुरुन्त रोक्न माग गरेको छ । 

स्पेनका विदेशमन्त्री जोस म्यानुअल अल्बारेसले भने, “इजरेलले रफाहमा आफ्नो आक्रमण रोक्नुपर्छ ।”

स्पेन, आयरल्यान्ड र गैर–ईयू सदस्य नर्वेले मङ्गलबार प्यालेस्टिनी राज्यको आफ्नो मान्यतालाई आधिकारिक बनाउने योजना बनाएका छन् । गत साता उनीहरूको संयुक्त घोषणाबाट इजरेली अधिकारीहरूबाट आक्रोशित प्रतिक्रियाहरू आएका थिए । तेलअभिवमा ती मुलुकका राजदूतहरूलाई इजरेली विदेश मन्त्रालयमा बोलाएर अक्टोबर ७ को हमास आक्रमण र अपहरणको भिडियो देखाइएको थियो । 

“हामी कूटनीतिक शिष्टाचार र कूटनीतिक सम्बन्धसम्बन्धी भियना महासन्धिको प्रचलनभित्र नभएको कुरालाई अस्वीकार गर्दछौँ”, राजदूतहरूलाई गरिएको व्यवहारको आलोचना गर्दै अल्बारेसले भने, “तर योसँगै हामीले हाम्रो लक्ष्यबाट टाढा हुने कुनै पनि उत्तेजनामा नपर्न पनि सहमति जनाएका छौँ, हाम्रो उद्देश्य भोलि प्यालेस्टिनी राज्यलाई मान्यता दिनु हो, यथासम्भव चाँडो स्थायी युद्धविराम प्राप्त गर्न र अन्त्यमा त्यो निश्चित शान्ति प्राप्त गर्न सम्भव भएसम्म सबै प्रयास गर्नु हो ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ