arrow

बजेटबारे के छ काँग्रेसको धारणा ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
congress-meet-03-09.jpg
तस्बिर : फाइल

काठमाडौँ। सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि संसद्मा प्रस्तुत गरेको बजेटले सरकारले तोकेका लक्ष्य पूरा गर्न नसक्ने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जनाएको छ । पार्टीका प्रवक्ता तथा पूर्व अर्थमन्त्री प्रकाश शरण महतले सरकारले वास्तविकताभन्दा माथिको बजेट ल्याएको टिप्पणी गरे । 

उनले सरकारले बजेटको स्रोत जुटाउन नसक्दा तुलनात्मक रूपमा सानो आकारको बजेट ल्याएको बताए । प्रमुख प्रतिपक्षी दलले १८ खर्बसम्मको मात्रै बजेट ल्याउनुपर्ने भने पनि केही सरकारले १९ साढे १९ अर्बसम्म पुर्‍याउने भन्दै आएकोमा स्रोत जुटाउन नसकेपछि बजेट घटाइएको महतको टिप्पणी छ ।

यो वर्ष सरकारले करको दायरा बढाएर राजश्वको आकार बढाउनुपर्ने भए पनि त्यसो गर्न नसक्ने देखिएपछि आन्तरिक ऋण बढाउने लक्ष्य लिइएको महतले बताए । 

बजेटमा सुधारका काम गर्नु भनेर धेरै भनिएको भए पनि कहाँ र कसरी सुधार गर्ने भन्ने विषयमा केही उल्लेख नभएको उनको भनाइ छ । 

सरकारले ३ करोड भन्दा साना आयोजना सङ्घमा नराख्ने नीतिलाई तिलाञ्जली दिएको आरोप समेत उनले लगाए । उनले आफू अर्थमन्त्री हुँदा सुरु गरेको उत्पादनमा आधारित अनुदानलाई खारेज गरिएको आरोप समेत लगाए । 

प्रधानमन्त्री उद्यमशीलता कार्यक्रमको रूपमा आफ्नालाई पोस्न ७ अर्ब विनियोजन गरिएको समेत प्रवक्ता महतको आरोप छ । स्याउ, आलु प्याजको आयातमा भन्सार दर हटाएर स्वदेशमा उत्पादन वृद्धि हुन्छ भनेर सरकारले झुटो कुरा गरेको समेत उनले बताए । 

सरकाले यो वर्षका लागि लिएको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य भने सन्तोषजनक रहेको उनको भनाइ छ । बजेटले धेरै विषय छुने कोसिस गरे पनि केही पनि नहुने हो कि भन्ने आशंसा रहेको उनले बताए । गाँजाको खेती लगायत विषय राम्रै भए पनि त्यो अघिल्लो सरकारले ल्याएको कार्यक्रमकै निरन्तरता भएको उनको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ