arrow

तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीको सम्झना

आज सगरमाथा अन्तर्राष्ट्रिय विशेष दिवस

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १६ बुधबार
mount-everest-sagarmatha-rss.jpg

काठमाडौँ । आज मे २९ तारिखका दिन विभिन्न कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ । 

सरकारले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानवपाइला टेकेको दिन अर्थात् प्रत्येक वर्ष मे २९ तारिखलाई सगरमाथा अन्तर्राष्ट्रिय विशेष दिवसका रूपमा मनाउने घोषणा गर्दै त्यसअवसरमा हिमाली पर्यटन प्रवदर््धनमा विशिष्ट योगदान पुर्‍याउने स्वदेशी तथा विदेशी व्यक्ति, सङ्घ संस्थालाई सम्मान गरिने जनाएको छ।

मूल समारोह समितिले औपचारिक कार्यक्रममा कीर्तिमानी आरोही तथा सहयोगीलाई सम्मान गर्ने कार्यक्रम छ । 

सगरमाथा आरोहणका यो अवधिमा हालसम्म आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् । 

सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको चुचुरोमा पहिलोपटक पाइला टेकेको ७१ वर्ष पुगेको छ । 
 
पर्यटन विभागका अनुसार यो याममा सगरमाथा आरोहणका लागि चार सय २४ ले अनुमति लिएकामा आरोही र शेर्पा सहयोगी गरी छ सयभन्दा बढीले सगरमाथा आरोहण गरेका छन् । कामीरिता शेर्पाले ३० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन् । 

यस्तै यो एकै याममा तीन पटक आरोहण गरेर आरोही पूर्णिमा श्रेष्ठले नयाँ कीर्तिमान बनाइन् भने उनकै नाममा करिब १५ घण्टामा सगरमाथा आरोहण गरेर पहिलो महिला आरोहीको विश्व कीर्तिमान बन्यो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ