arrow

मर्यादा नाघ्दै राजदूत

पोखरा विमानस्थलको ऋणको प्रश्न उठाउँदा सम्पादक बुढाथोकीलाई चिनियाँ राजदूतको धम्की 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १६ बुधबार
gajendra-chen-song.jpg
तस्बिर – पत्रकार बुढाथोकी र चिनियाँ राजदूत सोङ ।

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋणको विषयमा प्रश्न उठाउँदा पत्रकार गजेन्द्र बुढाथोकीलाई चिनियाँ राजदूत छन सोङले धम्की दिएका छन् । 

बुढाथोकीले महालेखा परीक्षकले हालै सार्वजनिक गरेको प्रतिवेदनलाई आधार बनाएर ‘पोखरा विमानस्थलका लागि लिएको ऋण २ प्रतिशत ब्याजदरको भन्दै आएका थिए, पाँच प्रतिशत पो रहेछ !’ भनी आश्चर्य प्रकट गर्दै ट्विटरमा लखेका थिए । 

यसैलाई आधार बनाएर चिनियाँ राजदूत छनले भ्रामक जानकारी दिएको भन्दै माफी माग्न भनेका छन् । त्यतिमात्र नभइ राजदूत चेनले टक्सार म्यागजिनका सम्पादक बुढाथोकीलाई ‘कसको प्रतिनिधित्व गर्ने हो ?’ भनेरसमेत सोधेका छन् । 

एउटा नेपाली नागरिकलाई चिनियाँ दूतावासले गरेको व्यवहारप्रति नेपाल सरकारले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । 

बुढाथोकीले महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनको अंश भन्दै पोखरा विमानस्थल निर्माणको लागि नेपाल सरकारले चिनियाँ बैंकबाट लिएको ऋण रकम र त्यसको ब्याज उल्लेख भएको डकुमेन्टको स्क्रिनसट आफ्नो पोस्टमा राखेका थिए ।

राजदूत छनले पत्रकार बुढाथोकीसँग ट्विटरमा विवादसमेत गरेका छन् । 

राजदूतले कुनै कागजात भए प्रकाशन गर्न चेतावनीसमेत दिँदै औपचारिक रुपले माफी माग्न भनेका छन् । 

यस विषयमा बुढाथोकीले भने, ‘म त भुइँ मान्छे हो मलाई चिनियाँ राजदूतको धम्की किन आउने ? यो धम्की सहनयोग्य छैन ।’

उनले आफूलाई ‘कसको प्रतिनिधित्व गर्छस् ?’ भनेर राजदूतले लेख्नु आपत्तिजनक भएकोसमेत उल्लेख गरेका छन् । 

राजदूतको बुझाइ पत्रकार बुढाथोकी भारतीय भएको शंकामा यसरी धम्की दिएको हुन सक्ने बुढाथोकीको आँकलन छ । 

यो विषयमा यतिबेला समाजिक सञ्जाल भने तातेको छ । 

चिनियाँ राजदूतहरुको मिचाहा प्रवृत्ति
चिनियाँ राजदूत छनको मिचाहा प्रवृत्ति बढी नै छ । उनले यसअघि पनि हुँदै नभएका मित्थ्या सूचना सार्वजनिक गर्दै आएका छन् । 

२०८० सालको असारमै पोखरा विमानस्थल बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना अन्तर्गत भएको बताएका थिए । जबकि अहिलेसम्म नेपालमा बीआरआई लागू नै भएको छैन ।

पोखरा विमानस्थल उद्घाटनका क्रममा पनि विमानस्थल बीआरआई अन्तर्गत बनेको बताएका थिए । 

त्यस्तै काठमाडौँको एभरेष्ट होटलमा गत वर्षको भदौमा भएको कार्यक्रममा पनि उनले नेपालको आन्तरिक मामिलाका साथै भारत–नेपाल सम्बन्धका बारेमा केही गैर कुटनीतिक टिप्पणी गरेका थिए । 

चिनियाँ राजदूतले पटक पटक मर्यादा उल्लंघन गरेको भए पनि नेपाल सरकारले भने कुनै चासो राखेको छैन । 

यसअघि पनि बीआरआई अन्तर्गत विमानस्थल बनेको भनेर राजदूतले अफबाह फैलाउँदा पनि सरकारले एक वचन स्पष्टीकरण लिने कष्ट गरेन । चीनले नेपालमा गलत कूटनीतिक बाटो बनाउँदै

यसरी पटक पटक राजदूतले मर्यादा उल्लंघन गर्दैै जाने अनि सरकारले सहेर बसिरहने हो भने यसभित्रको षड्यन्त्रमा कतै सरकार नै त सहभागी छैन ? भन्ने प्रश्न पनि तेर्सिएको छ । 

तर राजदूतको गलत कदमको विरोध भने भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ