arrow

ऊर्जा संरक्षण, कार्बन न्यूनीकरण कार्य योजना जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १७ बिहिबार
china-spy-ship.jpg

काठमाडौँ । चीनको राज्य परिषद्ले ऊर्जा संरक्षण र कार्बनडाइअक्साइड उत्सर्जनलाई कूल गार्हस्थ्य उत्पादनको प्रतियुनिट क्रमशः दुई दशमलव पाँच प्रतिशत र तीन दशमलव नौ प्रतिशतले घटाउने लक्ष्य राख्दै सन् २०२४–२५ का लागि ऊर्जा संरक्षण र कार्बन घटाउने कार्य योजना सार्वजनिक गरेको छ । 

योजनाअनुसार निर्धारित आकारभन्दा माथिका औद्योगिक प्रतिष्ठानहरूलाई थप मूल्यको प्रतियुनिट ऊर्जा खपत यस वर्ष करिब तीन दशमलव पाँच प्रतिशतले घटाइने छ । गैर–जीवाश्म ऊर्जा खपतको अनुपात सन् २०२४ मा १८ दशमलव नौ प्रतिशत र सन् २०२५ मा २० प्रतिशत पुग्ने उल्लेख छ ।

सन् २०२४ र सन् २०२५ मा प्रमुख क्षेत्र र उद्योगहरूमा ऊर्जा संरक्षण तथा कार्बन कटौतीको परिवर्तनले करिब पाँच करोड टन मानक कोइलाको कमी र कार्बन डाइअक्साइड उत्सर्जनमा लगभग १३ करोड टनले कमी ल्याउने अपेक्षा गरिएको छ ।

 चीन सन् २०३० सम्ममा कार्बन उत्सर्जनको चरम सीमामा पुग्न र सन् २०६० सम्ममा कार्बन तटस्थता हासिल गर्ने ‘दोहोरो कार्बन’ लक्ष्य पूरा गर्न प्रतिबद्ध छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ