arrow

घूस लिएको आरोपमा चिनियाँ पूर्वउपव्यवस्थापक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १७ बिहिबार
china-flag-ani.jpg

काठमाडौँ ।  चीनको प्रमुख खाद्य व्यापारी कोफको कर्पोरेसनका पूर्व उपमहाप्रबन्धक झोउ झेङलाई घूस लिएको, अनियमितता गरेको र शक्तिको दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको छ । 

 सर्वोच्च पिपुल्स प्रोक्युरेटरेट (एसपीपी)ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेशनल कमिसन अफ सुपरभिजन इन्भेस्टिगेसनको निष्कर्षपछि झोउको मुद्दा प्रोक्युरेटरियल अथोरिटीलाई सुम्पिएको थियो । 
 
 झोउले यसअघि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को कम्पनी सदस्य समूहको सदस्यको रूपमा पनि काम गरेको थियो । 

चीनको भ्रष्टाचार नियन्त्रण गर्ने सर्वोच्च निकायले सन् २०२३ को नोभेम्बरमा झोउलाई अनुशासन र कानुनको गम्भीर उल्लङ्घन गरेको आरोपमा अनुसन्धानको दायरामा राखिएको घोषणा गरेको थियो । 

यसै महिनाको सुरुमा उक्त निकायले झोउलाई सीपीसीबाट निष्कासित गरिएको घोषणा गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ