arrow

एलजीको "खेल्छ नेपाल घर घरमा" योजना सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १७ बिहिबार
cg-lg-tv-40-percent-discount.jpg

काठमाडौँ। टि२० क्रिकेट वर्ल्ड कप २०२४ अमेरिका र वेस्ट इन्डिजमा जेठ २० गते बाट सुरु हुँदै छ जसमा नेपाल सन २०१४ पछि दोस्रो पटक भाग लिँदै छ। नेपाली क्रिकेट टिम यो केही समय देखी क्रिकेटमा उच्च अन्तर्राष्ट्रिय लेभलको गेम खेल्दै आइरहेको छ र यसपालि नेपाली टिमले टि२० क्रिकेट वर्ल्ड कपमा पनि उच्च प्रदर्शन गर्ने आशा गरिएको छ।

नेपाली क्रिकेट टिमको र सम्पूर्ण वर्ल्ड कप म्याचहरू घरमै बसी बसी हेर्न नेपालको सबैभन्दा धेरै बिक्री हुने अन्तर्राष्ट्रिय ब्राण्ड एलजीले "खेल्छ नेपाल घर घरमा" नामक योजना अघि सारेको छ। यस योजना अन्तर्गत ग्राहकहरूले एलजी टिभीबाट घरमै स्टेडियम बराबरको मज्जा लिई आफ्नो नेपाली टिमलाई चियर गर्दै क्यासब्याक र उपहार पनि जित्न सक्नेछन्। योजना अनुसार कुनै पनि एलजी टिभीको खरिदमा ४० प्रतिशतसम्मको नगद छुट र रु.१ लाखको व्यक्तिगत दुर्घटना बिमा उपलब्ध छ। साथै एलजी ओलेड टिभी वा ८६ इन्चको टि.भी खरिदमा एलजी साउन्डबार एस एन फोर उपहार सित्तैमा पाइनेछ।

कम्पनीका अनुसार ३२ इन्च देखी ८६ इन्च साइज सम्ममा उपलब्ध एलजीका टिभीहरू ओलेड, क्युनेड, सुपर युएचडी, युएचडी र स्मार्ट क्याटागोरीमा नेपाली बजारमा उपलब्ध छन्। एलजीका क्युनेड टिभी, क्युआर सिरिज अन्तर्गतका युएचडी टिभीहरूमा ३ वर्षको फुल वारेन्टी रहेको छ। कुनै पनि एलजी टिभीको खरिदमा रु.१ लाखको दुर्घटना बिमा पनि प्राप्त गर्न सकिनेछ।

ग्राहकहरूले यो बिमा मार्फत संसारको कुनै पनि कुनामा भएको दुर्घटनाको क्षतिपूर्ति दाबी गर्न सक्नेछन्। यसका साथसाथै शून्य % ब्याजदरमा ईएमआइ, कुनै पनि ब्रान्डको पुरानो सामान सँग एलजीको सामान सँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेको छ।

यो योजना जेठ १७ गते देखी नेपाल अधिराज्य भरी सीमित अवधि को लागि लागू गरिएको छ। नेपाल अधिराज्यभर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेकट्रोनिक्स रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ