arrow

चराहरूको इञ्जिनियर तोप चरा [फोटोफिचर]

logo
मनिष अर्याल,
प्रकाशित २०८१ जेठ १९ शनिबार
engineer-of-birds-topchara-.jpg

काठमाडौँ । तोप चरा अन्य चराहरूभन्दा फरक विशेषता भएको चरा हो । भँगेरा वर्गमा पर्ने यो चरालाई चराहरूको ‘इञ्जिनियर’ पनि भनेर चिनिन्छ । कलात्मक र मेहनतले आफ्नो गुँड (घर) बनाउने हुनाले यसलाई चराहरूको इञ्जिनियर भनिएको हो ।

तराईदेखि मध्य पहाडसम्म पाइने यो चराले पात चिरेर त्यसलाई जोडेर कलात्मक गुँड बनाउने गर्छ । गुँड रुखबाट तलतिर झुण्डिएको हुन्छ। यी चराहरू समूहमा बस्न मन पराउँछन् । 

त्यसैले यिनीहरूका गुँडहरू एकै ठाउँमा हुन्छन् । तोप चरा हिउँदयाममा काठमाडौँमा आउँछन् । काठमाडौँ आएपछि भाले चराको पहिलो काम गुँड बनाउनु हो। 

हरियो घाँस जम्मा पारेर यी चराहरूले चुच्चोको सहाराले कलात्मक गुँड बनाउँछन् । झट्ट हेर्दा यो चराको गुँड मानिसले सिलाएर बनाएको जस्तै आकर्षक बनाएको हुन्छ । 

यो चराले रुखमा झुण्डिएको लामो गुँड बनाउँछ, जुन अरु चराहरुको भन्दा भिन्न देखिन्छ । पंक्षीविज्ञहरुका अनुसार यो चराको भाले प्रजातिले मात्र गुण बनाउँछन् र अति नै मेहनेत गरेर बनाउँछन् । 

गुँड राम्रो बनाउने विषयमा तोप चराको भाले प्रजातिबीच प्रतिस्पर्धा नै हुन्छ । हेरौँ काठमाडौँको बल्खु क्षेत्रमा देखिएको तोप चराको समूह (नेपाल फोटो लाइब्रेरीबाट)
 

engineer-of-birds-topchara (1).jpg
engineer-of-birds-topchara (2).jpg
engineer-of-birds-topchara (3).jpg
engineer-of-birds-topchara (4).jpg
engineer-of-birds-topchara (5).jpg
engineer-of-birds-topchara (6).jpg
engineer-of-birds-topchara (7).jpg
engineer-of-birds-topchara (8).jpg
engineer-of-birds-topchara (9).jpg
engineer-of-birds-topchara (10).jpg
engineer-of-birds-topchara (11).jpg
engineer-of-birds-topchara (12).jpg
engineer-of-birds-topchara (13).jpg
engineer-of-birds-topchara (14).jpg
engineer-of-birds-topchara (15).jpg
engineer-of-birds-topchara (16).jpg
engineer-of-birds-topchara (17).jpg
engineer-of-birds-topchara (18).jpg
engineer-of-birds-topchara (19).jpg
engineer-of-birds-topchara (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ