arrow

परिवर्तन

logo
कविता गौतम, 
प्रकाशित २०८१ जेठ १९ शनिबार
kabita-gautam-81-2-19.jpg

जब मैले म पीडामा हुँदा 
आफ्ना भन्नेहरुको चेहरामा
मौनता पाएँ
अनि मैले बुझेँ
मेरो कहानीमा 
म एक्लै छु 
र,
जति जति जिन्दगीमा
कठिनाइ बढ्दै जान्छ 
त्यति त्यति म 
अझ एक्लिदै जानेछु 
बढो विचित्रको रहेछ यो दुनियाँ 
यहाँ प्रेमको बदलामा घृणा पाइने
सहयोगको बदलामा प्रयोग भइने
हिम्मत बनिदिनु भनेर 
अनुरोध गर्दा 
उल्टै
हिम्मत टुटाइदिने 
उज्यालो छरिदिनु भन्दा 
आँखाको ज्योति नै खोसिदिने
हँसाइ हसाइ मार्ने 
प्रेम देखाएर लुट्ने 
विश्वास जितेर घात गर्ने 
जब यो 
विचित्रको संसार देखेँ 
तब म बदलिएँ
आफैँ विचित्र हुन पुगेँ 
हो म परिवर्तन भएँ
पहिला भन्दा निक्कै बदलिएँ 
स्वार्थी पनि हुन पुगेकी छु
के गर्नु 
आफूले अरुको बारेमा सोचे पनि 
अरुले आफ्नो बारेमा नसोच्ने रहेछन् 
आँसु बगाएर ब्यथा सुनायो
उपहास उडाउने रहेछन् 
दुख्छ कि भनेर 
अरुलाई कठैबरा भन्यो 
आफ्नै पछाडि 
छुरा रोपेर 
ताली पिट्दा रहेछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ