arrow

अन्ततः छुट्टिए मलाइका र अर्जुन 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १९ शनिबार
malaika-arjun1.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । लामो उमेरको अन्तरबीच मलाइका अरोरा र अर्जुन कपूरले लामो समयदेखिको प्रेम सम्बन्ध टुंगाएका छन् । भारतीय मिडियाका अनुसार दुवैले आपसी सहमतिमा आफ्नो सम्बन्धलाई पूर्ण विराम लगाउने निर्णय गरेको बताइएको छ । 

मलाइका र अर्जुनले आफ्नो मित्रतालाई कायमनै राख्दै प्रेम सम्बन्धबाट छुट्टिने निर्णय गरेको रिपोर्टमा उल्लेख छ । 

अर्जुन र मलाइकाको सम्बन्धको २०१८ देखि सार्वजनिक रुपमा बाहिर आएको थियो, जब उनीहरू एक फेशन शो कार्यक्रममा सँगै देखिएका थिए । मलाइकाको ४५औँ जन्मदिनमा उनीहरुले सामाजिक सञ्जालमा आफ्नो सम्बन्धको पुष्टि गरेका थिए । अर्जुन मलाइकाभन्दा निकै कान्छा छन् । 

यसलाई आधिकारिक बनाएपछि उनीहरुले एकअर्काको परिवारसँग समय बिताउन थालेका थिए । कफी विथ करणमा अर्जुनको उपस्थितिमा पनि उनले आफ्नो प्रेम जीवन र उनीहरूको सम्बन्धलाई अर्को स्तरमा लैजाने योजनाहरूको बारेमा कुरा गरेकी थिइन् ।

मलाइका अरोराले सन् २०१७ मा अरबाज खानसँगको आफ्नो १९ वर्ष लामो वैवाहिक सम्बन्धको अन्त्य गर्दै अलग भएकी थिइन् । अरबाजसँग उनको एक छोरा रहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ