arrow

टिसीयलले ल्यायो 'गो बिग, गो टीसीएल' योजना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २० आइतबार
tcl-go-big-go.jpg

काठमाडौँ। टिसीयलले टी ट्वान्टी विश्व कप २०२४ लाई लक्षित गर्दै "गो बिग, गो टीसीएल" नामक नयाँ योजना नेपाली बजारमा सार्वजनिक गरेको छ। यो अभियान अन्तर्गत ग्राहकहरूले टिसीयलको टिभी खरिदमा रु एक लाख ६३ हजार ३ सयसम्मको क्यासब्याक साथै प्रिमियम नेपाली जर्सी प्राप्त गर्न सक्नेछन्।

टिसीयलले ३२ इन्चदेखि नेपालको सबैभन्दा ठूलो ९८ इन्चसम्मको टिभी बजारमा उपलब्ध गराउँदै आएको छ। ग्लोबल नम्बर वान गूगल टिभीको रूपमा सम्मानित सो ब्रान्डले किफायती दाममा उत्कृष्ट पिक्चर क्वालिटी दिँदै आएको सो ब्रान्डले प्रत्येक नेपाली घरको आवश्यकता अनुसार टेलिभिजनहरू उपभोक्ता समू ल्याउन सफल भएको छ। थप रूपमा, टिसीयलले ग्राहकहरूलाई उनीहरूको सपनाको टिभी घरमा ल्याउन सजिलो बनाउन सिजी लोयल्टी क्लब मार्फत नो कस्ट ईएमआई, एक्सचेन्ज अफरहरू र विशेष पुरस्कारहरू जस्ता आकर्षक अफरहरू प्रदान गरेको छ।

टिसीयलको ९८-इन्च टिभीको ४के रिजोल्युसन र एचडीआर सपोर्ट जस्ता क्षमताहरूसँग उत्कृष्ट पिक्चर क्वालिटीको अनुभव प्रदान गर्दछ। यसको ठुलो डिस्प्लेको सहेताले दर्शकहरूले आफ्नो घरमै बसी स्टेडीयमको अनुभव महसुस गर्न सकिने कम्पनीले जनाएको छ।

टिसीएल को बारेमा:
टिसीयल उपभोक्ता इलेक्ट्रोनिक्समा एक अग्रणी ब्रान्ड हो र यो उत्कृष्ट उत्पादनहरूको लागी संसार भरी प्रख्यात छ। उच्च गुणस्तरीय अत्याधुनिक प्रविधि प्रदान गर्नमा केन्द्रित भई टिसीयल ले हामीले टेक्नोलोजी दुनियाँमा नवीन परिवर्तन ल्याउँदै आएको छ।
नेपालमा टिसीएलका घरायसी उपकरणहरू चौधरी ग्रुप अन्तर्गत इएओल प्रालिले बिक्री वितरण  गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ