arrow

मस्त मस्त रविनामाथि नशामा वृद्धा कुटेको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २० आइतबार
rabina-tondon-2024.jpg

काठमाडौँ । बलिउड अभिनेत्री रविना टण्डन नयाँ विवादमा परेकी छिन् । रविनाले गएराति रक्सीको नशामा एक वृद्धालाई कुटपिट गरेको आरोप लागेको छ । 

मुम्बईको बान्द्रास्थित रिजवी ल कलेज नजिकै रविनाको कारले एक महिलालाई सामान्य ठक्कर दिएपछि विवाद बढेको थियो ।

सो घटनामा रविनाका चालकसँग महिलाका परिवारका सदस्यहरूले झगडा गर्न थालेपछि रविना पनि कारबाट ओर्लेर उनीहरुसँग झगडा गर्न थालेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

भिडियोमा रविनाले भीडलाई भिडियो खिच्न नदिन आग्रह गरिरहेको देखिएकी छिन् । सार्वजनिक भएको यो भिडियोमा रविनालाई पीडित परिवार र स्थानीय भीडले घेरेको छ । मानिसहरूले प्रहरीलाई बोलाउने कुरा गरिरहेका छन् । 

अर्कोतर्फ पीडितले प्रहरी चौकीमा उजुरी दर्ता गराउन खोजे पनि प्रहरीले कारबाही गर्न कडाइ नगरेको कुटाइ खाएकी महिलाको परिवारले बताएको छ । घाइते महिलाको उमेर ७० वर्ष रहेको बताइएको छ । उनीहरुले रविना नशामा रहेको दाबि गरेका छन् । 

सो घटनापछि रविनाका श्रीमान् अनिल थडानी मामिला सुल्झाउन प्रहरी चौकी पुगेका थिए । पीडितका परिवारका सदस्य तुरुन्तै खार प्रहरी चौकी पुगेका थिए । उनले पीडित परिवारसँग समस्या समाधान गर्ने प्रयास गरे पनि पीडित परिवार मुद्दा दर्ता नगरी मान्न तयार नदेखिएको रिपोर्टमा बताइएको छ ।

पीडितका परिवारले ४ घण्टासम्म खार प्रहरी चौकीमा पर्खिए पनि उजुरी दर्ता नभएको दाबी गरेका छन् । यद्यपि प्रहरीले यस विषयमा अनुसन्धान थालेको र थप कारबाही अघि बढाएको बताएको छ ।

रविना सदावहार नायिका हुन् । उनी 'मस्त मस्त' नायिका मानिन्छिन् । उनको चलचित्र मोहरामा तु चिज बढी है मस्त मस्त गीतमा उनी उन्मादका साथ नाचेकी थिइन् ।

उनले भारतको उच्च पुरस्कारमध्येको पद्मश्री अवार्डसमेत जितेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ