arrow

ईसेवाबाट जीवन बिमाको नवीकरण गर्दा दुबई ट्रिप जित्ने मौका

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २० आइतबार
esewa-life-lnsurance.jpg

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा प्रयोगकर्ता हरूको लागि जीवन बिमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न उपहारहरू पाउने योजना ल्याएको छ। जसमा एक भाग्यशाली विजेताले बम्परमा दुबई ट्रिपका साथै अन्य थुप्रै उपहारहरू जित्ने मौका पाउनेछन्। 

ज्येष्ठ २० देखि असार ३१ सम्म चल्ने यो अफरमा ई सेवासँग आबद्ध रहेका १२ वटा बिमा कम्पनीहरूमा जीवन बिमाको प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ताहरूले हरेक हप्ता आकर्षक उपहारहरू पाउनेछन्। हरेक हप्ता एक भाग्यशाली जोडीले सोल्टी होटेल काठमाडौँमा १ दिन २ रातको लागि स्टेकेसन प्याकेज पाउनेछन् भने ५ भाग्यशाली विजेताले ईसेवा केयर प्राप्त गर्नेछन् र बम्परमा ६ दिन ५ रातको लागि दुबई घुम्न जाने अवसर पाउनेछन्। यसका साथै विभिन्न जीवन बिमा कम्पनीहरूको प्रिमियम तिर्दा रु १००० सम्म क्यासब्याक तथा अन्य आकर्षक उपहारहरू पाउन सक्नेछन्।

यस योजनाको बारेमा ईसेवाका प्रमुख व्यवसाय अधिकृत आशिष् गौतमका भनाई अनुसार सरकारी नीतिगत तवरबाट नै डिजिटल भुक्तानीलाई प्राथमिकता र प्रोत्साहन गर्ने कुरा अघि बढी रहेको समयमा, डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीको दायित्व स्वरूप प्रयोगकर्ताहरूमा यसको महत्त्व र आवश्यकताबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले पनि यो अभियान सञ्चालन गरिएको हो। यस अन्तर्गत प्रयोगकर्ताहरूले इसेवा मार्फत सजिलै आफ्नो जीवन बिमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न उपहारहरू पाउने व्यवस्था गरी प्रयोगकर्ताहरूमा डिजिटल भुक्तानी तर्फ थप उत्साह सिर्जना हुने पनि बताएका छन्।

इसेवा लि सन् २००९ बाट सेवा दिइरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो। हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको यस इसेवा लि सहरी केन्द्रमा मात्र सीमित नभएर उपत्यका बाहिर पनि ८ वटा शाखा कार्यालयहरू र ३ वटा सम्पर्क कार्यालयहरू नेपालभरका प्रमुख शहरहरूमा अवस्थित रहेका छन्। हाल इसेवामा ८० लाख भन्दा बढी दर्ता भएका ग्राहकहरू, २५०,००० भन्दा बढी एजेन्टस्, ४९ बैङ्कहरू, ४५ लघुवित्तहरू, तथा ३५०,००० भन्दा बढी मर्चेन्टहरू आबद्ध रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ