arrow

कांग्रेसले सरकारले गरेका गल्तीहरूको उजागर गर्छ - शशांक कोइराला [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २० आइतबार
shekhar-koirala-02-20.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले नेपाली कांग्रेसले सरकारले गरेका गल्तीहरूको उजागर गर्ने बताएका छन् । आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बन्नुपर्ने मागअनुसार समिति बनेको र अब कामहरू क्रमशः हुँदै जाने बताए ।

उनले भने, ‘समिति गठन गर्नुपर्छ भन्ने हाम्रो माग थियो, पूरा भयो । समितिको काम आएपछि हामी भन्छौँ । हामीले प्रतिपक्षमा बसेर गल्ती कहाँ भएको छ, त्यसलाई औँल्याउने हो । जस्तो रवि लामिछानेको बारेमा हामीले कुरा राख्यौँ । त्यो सत्य हो की होइन भनेर त्यसको छानबिन हुँदैछ । समिति गठन भएपछि हामी चुपचाप छौँ । बजेट एक हिसाबले हेर्दा ठिकै देखिन्छ । मलाई सोध्नुहुन्छ भने मेरो क्षेत्रमा कति परेको छ, थाहा भएन । म हेर्छु अनि भन्छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ