arrow

गोविन्दराज जोशीले दायर गरेको पुनरावेदनको फैसला साउन १३ मा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २१ सोमबार
govindaraj.JPG

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको मुद्दामा आगामी साउन १३ गते निर्णय सुनाउने भएको छ । 

 न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आगामी असार २१ गते बहस नोट पेस गर्ने र साउन १३ निर्णय सुनाउने गरी मिति तय गरेको हो ।

 पूर्वमन्त्री जोशीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा २०६० सालमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

विशेष अदालतको फैसलाविरुद्ध जोशीले २०६९ फागुनमा सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ