arrow

चर्चा राधाको म्युजिक भिडियो ‘अब तिमी उसैको भयौ’ को

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २१ सोमबार
radha-subedi-aba-timi-usaik.jpg

काठमाडौँ । साहित्यकार राधा सुवेदीले गाएको गीत ‘अब तिमी उसैको भयौ’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । साँचो प्रेममा धोका खाएपछि पाएको पीडालाई गीतमार्फत दर्साउँदै निकालिएको म्युजिक भिडियोलाई पूर्वेली इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । 

गीतले हाल राम्रै बजार पाएको छ भने टिकटक लगायतका सामाजिक सञ्जालहरूमा भाइरल भइरहेको छ । गीतसँगै बनेको म्युजिक भिडियोले राम्रो प्रतिक्रिया पाइरहेको सुवेदी बताउँछिन् ।

भिडियो दि म्युजिक एरियामा रेकर्डिङ गरिएको गीतलाई राधा सुवेदी र गजलकार तथा साहित्यकार भरत गुरागाईँको कन्सेप्टमा म्युजिक भिडियोमार्फत दर्शक माझ सार्वजनिक गरिएको हो ।

इटहरीको पर्यटकीय स्थल तालतलैया , इप्पिलेन्ड लगायतका स्थानहरूमा गरिएको छायाङ्कनमा भोजपुरी तथा थार समुदायको सर्ट मुभीबाट डेब्यु गरेकी मोडल बेन्जु धामी, नाट्यकार प्रज्ज्वल काफ्ले र सञ्चिता धमलाले अभिनय गरेका छन् ।

सुरेशचन्द्र दाहाल तथा वसन्त बस्नेतको निर्देशन, सुरेशचन्द्र दाहालको सम्पादन रहेको उक्त भिडियोमा प्रोडक्सन डिजाइन राजन क्षेत्रीले गरेका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ