arrow

डुङ्गा नदीमा पल्टिँदा आठ जनाको मृत्यु, पाँच बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २१ सोमबार
boat-accident-assam.jpg

काठमाडौँ । पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा २६ जना मानिस बोकेको एउटा डुङ्गा नदीमा पल्टिँदा आठ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना बेपत्ता भएका छन् । 

बिहान मोमान्द दरा जिल्लाको बसोल क्षेत्रमा नदी पार गर्ने क्रममा डुङ्गा डुबेर दुर्घटना भएको प्रान्तीय सूचना विभागका प्रमुख कुरैशी बदलुनले बताए। 

१३ जनाको उद्धार गरिएको छ भने अन्य पाँच जना बेपत्ता छन् । यात्रुमा अधिकांश महिला र बालबालिका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ