arrow

ओलीको राजनीतिक प्रतिशोध

कांग्रेससँग प्रतिशोध लिन प्रचण्डलाई ओलीको दबाब, राजदूतहरू फिर्ता बोलाइँदै

कांग्रेसको कोटामा नियुक्त भएका राजदूतलाई फिर्ता बोलाइने, एमाले र रास्वपामा बनाइने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २१ सोमबार
prachanda-oli-ravi.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । एमालेसँगको सहकार्यमा रहेको वर्तमान सरकारले राजदूतहरुलाई फिर्ता बोलाउने तयारी गरेको छ । नेपाली कांग्रेससँगको प्रतिशोधको आधारमा उनीहरुलाई फिर्ता बोलाउन लागिएको हो । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले परराष्ट्रका कर्मचारीलाई यो विषयमा जानकारी गराइसकेका छन् ।

‘संभवतः निकट दिनमा बस्ने मन्त्रिपरिषद् बैठकले राजदूत फिर्ताको निर्णय हुनेछ’, परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । वर्तमान सरकारले राजदूत नियुक्तिको एक वर्ष नपुग्दै फिर्ता गर्ने तयारी गरेको हो ।  

फिर्ता गर्नेमा अमेरिकादेखि भारतसम्मका ८ राजदूत रहेको स्रोतको दाबी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको कोटामा नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले दबाब दिएको स्रोतले जनाएको छ । 

एमाले सरकारमा सहभागी भएको तीन महिना पुगिसकेको र अघिल्लो सरकारको राजनीतिक नियुक्ति पुनरावलोकन नभएको भन्दै ओलीले प्रधानमन्त्रीसँग गुनासो गरेका थिए । 

आइतबारको भेटघाटमा पनि उनले यो कुरा दोहोर्याएपछि प्रधानमन्त्रीले ती राजदूतहरुको फिर्ताका लागि तयारी थाल्न परराष्ट्रलाई आग्रह गरेका थिए ।

‘कांग्रेसको कोटामा नियुक्ति भएको स्थानमा एमाले र रास्वपा निकट रहेका केही व्यक्तिलाई नियुक्ति गरिनेछ’, स्रोतले भन्यो । ‘यो निर्णय आजै पनि हुनसक्छ’, स्रोतले भन्यो ।

सरकारले भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, अमेरिकाका लागि नेपाली राजदूत प्रा. श्रीधर खत्री, इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल, दक्षिण कोरियाका लागि नेपाली राजदूत प्राडा ज्योति प्याकु¥याल (भण्डारी), कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकाल र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेललाई फिर्ता बोलाउने भएको हो । 

परराष्ट्रकै सहसचिव दुबसु क्षेत्रीलाई पनि फिर्ता बोलाउने तयारी रहेको स्रोतको दाबी छ । उनी जापानका राजदूत हुन् । यसअघि बेलायतको पनि राजदूत भैसकेका थिए । 

ओलीले प्रतिशोधको राजनीति थालेसँगै अन्य देशसँगको कूटनीतिक मर्यादासमेत उल्लंघन हुने भए पनि राजदूत फेरिने परराष्ट्र स्रोत बताउँछ । 

कांग्रेसले गिरीबन्धु टि–स्टेट जग्गा प्रकरणमा केपी ओलीले नीतिगत भ्रष्टाचार गरेको भन्दै अनुसन्धानसँगै कारबाहीका लागि पहल थालेसँगै ओली प्रतिशोधमा उत्रेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ