arrow

आपराधिक विश्वासघात गरेको आरोपमा निर्देशक सुदर्शन थापा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २१ सोमबार
sudarshan-thapa-film-direct.jpg

काठमाडौँ । आपराधिक विश्वासघात गरेको आरोपमा चलचित्र निर्देशक तथा कलाकार सुदर्शन थापा पक्राउ परेका छन् । उनलाई सोमबार प्रहरीले काठमाडौँको कमलपोखरी क्षेत्रबाट पक्राउ गरेको हो । 

निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध आपराधिक विश्वासघात गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । आफूहरूको मन्जुरी बिना चलचित्र ‘प्रसाद–२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै निर्माता बस्नेतले उजुरी दिएका थिए । 

सुदर्शन थापा  ‘प्रसाद–२’ का निर्देशक हुन् । बस्नेतले बौद्ध प्रहरीमा उजुरी दिएपछि थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उजुरी परेको ७ महिनापछि उनी पक्राउ परेका हुन् ।

अदालतबाट पक्राउ पूर्जी जारी हुँदा पनि उनी खुल्लमखुल्ला हिँडिरहेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ