arrow

न्यूरोडमा महानगर र सडक विभागबीच झडपको स्थिति [भिडियो]

महानगरले भत्काएको इन्द्रचोकको बाटो सडक विभागले पिच गर्न थालेपछि विरोध, बालेनको अहङ्कारले गर्दा यो स्थिति सिर्जना भएको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २१ सोमबार
newroad-sadak.jpg

काठमाडौँ । न्यूरोड क्षेत्रका सडकमा सडक विभाग र काठमाडौं महानगर आमनेसामने भएका छन् ।

सडक विभाग र महानगर प्रहरीबीच विवाद हुँदा केही समय न्युरोड क्षेत्र असामान्य बनेको थियो । 

महानगरले फुटपाथ बिस्तारका लागि न्यूरोड क्षेत्रको सडक भत्काएको सडक विभागले पिच गर्न शुरु गरेसँगै विवाद भएको थियो । 

न्युरोडका स्थानीय अमररत्न बज्राचार्यले काठमाडौं महानगरले इन्द्रचोकको बाटो भत्काएको र सडक विभागले पिच गर्न थालेपछि विरोध शुरु भएको बताए । 

उनले महानगर प्रहरीले रोकेपछि झडपको स्थिति सिर्जना भएको बताए । 

उनले सडक विभागले सडक नकाट्नु भन्दाभन्दै पनि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अहङ्कारले गर्दा यो स्थिति सिर्जना भएको बताए ।

 अन्य स्थानीयहरूले महानगरपालिकाको नेतृत्वले घमन्ड देखाउँदा यो स्थिति सिर्जना भएको आरोप लगाए ।

महानगर प्रहरी फर्किएसँगै सडक विभागका कर्मचारीले पिचको काम जारी राखेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ