arrow

महानगर अध्यक्षमा खगराज पक्षका आचार्य विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २१ सोमबार
jiwan-prasad-acharya.jpg

पोखरा । नेकपा एमालेको पोखरा महानगर कमिटीको अध्यक्षमा जीवन आचार्य विजयी भएका छन् । अध्यक्ष आचार्य नेता खगराज अधिकारी पक्षका हुन् ।

कमिटीको दोस्रो अधिवेशनअन्तर्गत आज सम्पन्न निर्वाचनबाट आचार्य अध्यक्षमा निर्वाचित भएका हुन् । विजयी आचार्यले कुल खसेको चार सय ८८ मध्ये दुई सय ७७ मत प्राप्त गरे । 

उनीसँगै अध्यक्षमा प्रतिस्पर्धा गरेको पृथ्वीसुब्बा गुरुङ पक्षका दीपक पौडेलले दुई सय १० मत प्राप्त गरे ।

महानगर कमिटी एक सय एक सदस्यीय हुनेछ । जसमा ८७ पद निर्वाचित हुनेमा २२ जना सदस्य निर्विरोध भइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ