arrow

मतगणनाको अघिल्लो दिन भारतमा शेयर बजारले राख्यो उछालको रेकर्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २१ सोमबार
india-flag.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतमा मंगलबार १८ औँ लोकसभा निर्वाचनको मतगणना हुँदैन । सातौँ चरणमा भएको मतदानपछि मंगलबार मतगणना हुन लागेको हो । 

विभिन्न इग्जिट पोलहरुले नरेन्द्र मोदीको नेतृत्वमा तेस्रो पटक सरकार बन्ने दाबी गरिरहँदा त्यसको अघिल्लो दिन शेयर बजारमा सर्वाधिक उछाल आएको छ । 

सेन्सेक्स अहिलेसम्मकै उच्च भएको छ । सेन्सेक्स ७६ हजार ४६८ मा रोकिएको छ । यो अहिलेसम्मकै उच्च हो । अहिलेसम्मकै उच्च सोमबार ७६ हजार ७३८ पुगेकामा ७६ हजार ४६८ अंकमा रोकिएको थियो । यसअघि गत मे २७ मा ७६ हजार ९ पुगेको थियो । सन् २०२३ को जुन ५ तारिखमा ६२ हजार ७८७ रहेको थियो । 

सेन्सेक्स २७ सय ७७ अंक बढेर ७६ हजार ७३८ पुगेको हो । 

कारोबार रकमले पनि कीर्तिमान राखेको छ । सोमबार एकैदिन लगानीकर्ताले १२ लाख करोड भारु कमाएका छन् ।  

यसले एग्जिट पोलले गरेको दाबी र मोदीको सरकारमा ह्याट्रिकबीच राम्रो तालमेल रहेको अनुमान गर्न सकिन्छ । 

यद्यपि दुई राज्यमा भएको विधान सभा चुनावले भने एउटामा मोदीको भाजपालाई फाइदा हुँदा अर्कोमा बेहोरेको नोक्सानीले लोकसभालाई कत्तिको असर पार्छ भन्ने पनि हेर्नुपर्ने हुन्छ । 

तर हरेक पोलले गरेको भाजपा गठबन्धनको बहुमतले भने अबको सरकार मोदीकै सरकार हुनेमा दुई मत नहोला । यद्यपि अहिलेको एग्जिट पोललाई कांग्रेसले भने मोदी मिडियाको उपज दिएको छ । 

दुःखद पक्ष त के भने कांग्रेसले दुवै राज्यको विधान सभा निर्वाचनमा एक सिट पनि जित्न सकेन । त्यही ट्रेन्डलाई हेर्ने हो भने एग्जिट पोल सही छ भन्ने अनुमान गर्न सकिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ