arrow

श्रीगणेशको प्रिय दिनमा राशिफल

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०८१ जेठ २२ मंगलबार
rashifal-horoscope-1.jpg

आजको पञ्चाङ्ग

मिति २०८१ जेठ २२ गते मंगलबार, इस्वीसंवत जुन ४ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार ज्येष्ठकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज ज्येष्ठकृष्णपक्षको त्रयोदशी तिथि रातिमा ९ः११ बजेसम्म त्यसपछि चतुर्दशी तिथि लाग्नेछ । नक्षत्रमा भरणी रातिमा १०ः१४ बजेसम्म त्यसपछि कृत्तिका नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा शोभन २ घटि १५ पलासम्म त्यसपछि सुकर्म लाग्नेछ । करणमा भद्रा अहोरात्र रहनेछ । आनन्दादि योगमा मुसल रहनेछ ।

सूर्य वृष राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । आज दिनमान ३४ घटि २३ पला अर्थात १३ घण्टा ४८ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः१० बजे जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः५५ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ३ः०१ बजे र अस्ताउने समय भोलि दिनमा ४ः१६ बजे रहेको छ । आज प्रदोष व्रत गर्ने दिन, निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस रहेको छ ।

आजको राशिफल

मेष : आज गोचर उपलब्धिमूलक देखिन्छ । तथापि उपयुक्त उपलब्धि हासिल गर्न स्वकर्ममा लगनशील रहनु पर्ने देखिन्छ । व्यवहारिक ढङ्गलले अघि बढ्नाले केही महत्वपूर्ण कामकार्य सम्पादन गर्न सकिनेछ । व्यवसायले फट्को मार्ने र आर्थिक एवं भौतिक कठिनाई कम गर्न सकिने छ । शारीरिक पराक्रम पनि बढ्ने र पौरखको मान्छेहरुबाट प्रशंसा पनि पाउन सकिनेछ । शुभेच्छुकबाट सहयोग पनि मिल्नेछ ।

वृष : आजको दिन त्यति अनुकूल देखिएको छैन । मनमा संकोचित विचार बढ्न सक्ने तथा कसैसँग मनमुटाव हुनसक्ने पनि सम्भावना प्रतित भइरहेको छ ख्याल पुर्याउनु होला । पारिवारिक भार बढ्न सक्ने एवं अभाव खट्किन सक्ने देखिन्छ । केही असन्तुष्टिको सामना गर्नपर्ने हुनसक्छ, संघर्ष तथा अपयशसँग जुध्नको लागि आत्मबल बढाउनु पर्ला । काममा सावधानी अप्नाउनु बुद्धिमानी हुनेछ । धैयैधारणले नै प्रतिकूलता टार्नसकिने कुरालाई गुरु मन्त्र बनाउनु होला ।

मिथुन : आज पनि समय शुभ छ । पराक्रम बढ्ने हुनाले पुरुषार्थकर रहनेछ । शारीरिक जोशजाँगर बढ्ने हुनाले रोकिएर रहेका काम पूरा गर्ने मौका मिल्नेछ । सहयोगीहरु पनि जुट्ने छन् । इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । दाजुभाईबीचको सम्बन्धमा सुधार आउने एवं भाइबहिनीसँगको सहकार्यबाट उपलब्धि गर्न सकिने छ । व्यवसायिक कामबाट आर्थिक उपार्जन गर्न सकिनेछ ।

कर्कट : आज पनि समय मध्यम छ । सोँचविचार नपुर्याई अनावश्यक रुपमा गरिएको घुमफिरले अन्ततः खर्चलाई नै प्रोत्साहन गर्ला । सुझबुझ नगरी गरिएको फुर्तिफार्तिले पश्चाताप पार्नसक्ने छ । आयमा मन्दी आउने तथा सञ्चित धनखजानाको खर्च हुने, अस्वस्थता बढ्नसक्ने आदि कुरालाई पनि गोचरले लक्षित गरिरहेको छ । तथापि खासै नसोँचेको विषयको काम बनेर आकस्मिक लाभ तथा उपलब्धि हातपर्नसक्ने कुरालाई पनि गोचरले दखाइरहेको छ ।

सिंह : आज पनि समय शुभ छैन । कार्यमा अबरोध आउने र मानसिक अशान्ति बढ्न सक्ने गोचरप्रभाव छ । विचारमा पनि संकिर्णता आउनाले संसर्गीसँग कटुता बढ्नसक्ने सम्भावनालाई पनि नकार्न सकिन्न । विरोधी तत्वले पनि यही मौकामा प्रहार गर्न सक्ने भएकोले चनाखो हुन जरुरी देखिन्छ ।

कन्या : आज पनि समय राम्रो छैन । बोलीवचनको व्यवहारमा ख्याल पुर्याउनु पर्नेछ । सामान्यतया व्यवसायिक कार्यलाई बढाउने दिन परेको छ । सञ्चित धनको आकस्मिक खर्चलाई भने नकार्न सकिन्न । परिवारमा नयाँ सदस्य वा नाता–कुटुम्ब अर्थात परदेशी कसैको आगमनले रौनक थप्नेछ । भने शुभ समाचार प्राप्त हुनाले वातावरण रमाइलो हुनेछ । परपाहुनाको सेवा सत्कारमा व्यस्त रहन पर्ने पनि सम्भावना रहनेछ ।

तुला : आज पनि स्वास्थ्य राम्रो रहनेछ । दिन राम्रो खालको अवसर प्राप्त हुने भएकोले त्यसको सदुपयोग लागि आत्मबल बढाउन पर्ने देखिएको छ । मानसम्मान बढ्ने तथा पदप्रतिष्ठा प्राप्ति हुनसक्ने ग्रहगोचर परेकोले राजनीति, समाजसेवा वा नोकरी आदिमा जिम्मेवारी बढ्न सक्ने छ । व्यापार व्यवसायबाट लाभ गर्न सकिने छ भने उच्चपदस्थ व्यक्तित्वसँग संपर्क विस्तार हुन जाने सम्भावना पनि छ ।

वृश्चिक : आज समय शुभ छ । विपरित लिङ्गीतर्फको आकर्षण तथा आमोद-प्रमोदको चाहनामा बृद्धि हुनेछ । प्रेम तथा विवाहको प्रस्ताव आउनसक्ने कुरालाई पनि नकार्न सकिन्न । व्यवसायिक उन्नति हुनगइ बैंक ब्यालेन्स तथा कोष बढ्नेछ । आफन्तको शुभ सन्देश प्राप्त गर्न सकिने छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्नसक्ने छ । व्यापारिक यात्राको संयोग जुट्न सक्ने सम्भावना छ ।

धनु : आज पनि समय खराब छ । सन्दर्भ्विनाको प्रसङ्गका कुराले अनावश्यक विवाद सृजना गर्नसक्ने र आफैलाई हलुङ्गो बनाउन सक्ने छ । सहजरुपमा उपलब्धि प्राप्त हुन गाह्रो देखिन्छ । विशेषकाममा वैकल्पिक माध्यम अप्नाउनु बुद्धिमानी हुनेछ । गाम्भीर्यता धारण गर्नसकेको खण्डमा विद्यार्थी वर्गले विद्यार्जनमा केही प्रगति गर्नसकिने छ । बैठक आदिमा जरुरी विषयमा मात्रै प्रवेश गरेको राम्रो हुनेछ अन्यथा उठेको प्रसङ्गलाई बिटमार्न कठिन पर्नसक्ने छ ख्याल गर्नु होला । आत्मप्रसंशाको मनोभाव बढ्नसक्ने र मुल्याङ्कनमा ह्रास आउन सक्ने छ ।

मकर : आज पनि स्वास्थ्य राम्रो रहनेछैन । कार्यक्षेत्रमा अल्लि बढी मेहनत गर्नुपर्ने देखिएको छ । शुरुमा केही अपजश पनि खेप्न नपर्ला भन्न सकिन्न तथापि केही संघर्षको बाबजुत पनि अन्त्यमा परिणाम सुखद् आउने छ । खर्चको मात्रा भने बढ्ने नै देखिन्छ । व्यवहारिक औपचारिकता निर्वाह गर्नपर्ने भेट्घाट आदि पक्षमा दानदातव्य, सहयोग गरेर खर्चको सदुपयोग गर्नु उचित हुनेछ । आज यहाँलाई कुनै मातृशक्तिको सहयोग मिल्नसक्ने छ ।

कुम्भ : आज स्वास्थ्य भरपर्दो रहनेछ, समय पनि शुभ छ । वाणीमा ओजस्विता एवम् माधुर्यताको विकास हुने ग्रहयोग परेको छ । समुन्नती हुने दिन परेकोले व्यापार एवम् व्यवसाय आदिमा राम्रो कारोबार हुन सक्ने छ । ढुकुटीमा धनधातु तथा खजानाको बृद्धि हुनेछ । मान्छेहरुलाई वाणी तथा प्रवचन-भाषण एवं तर्कले प्रभावित पार्न सकिने छ र प्रशंसा पनि मिल्नेछ । परिवारमा नयाँ सदस्य वा नाता-कुटुम्ब अर्थात परदेशी कसैको आगमनले तथा कसैकसैकोमा शुभ समाचार प्राप्त हुनाले वातावरण रमाइलो हुनेछ ।

मीन : आज समय खराब छ । आजको दिन संघर्षको अनुभूति गराउने खालको रहेको छ । साविकभन्दा बढी कोसिस गरेर मात्रै काम सुल्झाउन सकिएला । खर्चका बहानाहरु बढ्न सक्ने र काममा पनि केही झमेला तथा ब्यवधान आउनसक्ने सम्भावना छ । झुटो आरोपको पनि सम्भावना भएकोले सावधानीपूर्वक सामाना गर्नु पर्ला । हतारभन्दा पनि सोँचविचार गरेर मात्रै प्रस्तुत हुनु बुद्धिमानी हुनेछ । बुद्धि र संयमको अभ्यासले परिणाम आफ्नो पक्षमा ल्याउन र आकस्मिक केही लाभ एवं उपलब्धि हासिल गर्न सकिनेछ ।

साइतः सूर्य वृष राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । त्यसैले पूर्वबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर, पश्चिम, दक्षिणतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः०७ बजेदेखि ६ः५१ बजेसम्म रोग बेला
बिहान ६ः५१ बजेदेखि ८ः३५ बजेसम्म उद्धेग बेला
बिहान ८ः३५ बजेदेखि १०ः१८ बजेसम्म चर बेला
बिहान १०ः१८ बजेदेखि १२ः०२ बजेसम्म लाभ बेला
मध्यान्ह १२ः०२ बजेदेखि १ः४५ बजेसम्म अमृत बेला
दिनमा १ः४५ बजेदेखि ३ः२९ बजेसम्म काल बेला
दिनमा ३ः२९ बजेदेखि ५ः१२ बजेसम्म शुभ बेला
दिनमा ५ः१२ बजेदेखि ६ः५६ बजेसम्म रोग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः५६ बजेदेखि ८ः१२ बजेसम्म उद्धेग बेला
राति ८ः१२ बजेदेखि ९ः२९ बजेसम्म चर बेला
राति ९ः२९ बजेदेखि १०ः४४ बजेसम्म लाभ बेला
राति १०ः४५ बजेदेखि १२ः०२ बजेसम्म अमृत बेला
राति १२ः०२ बजेदेखि १ः१८ बजेसम्म काल बेला
राति १ः१८ बजेदेखि २ः३४ बजेसम्म शुभ बेला
रातिमा २ः३४ बजेदेखि ३ः५१ बजेसम्म रोग बेला
रातिमा ३ः५१ बजेदेखि ५ः०७ बजेसम्म उद्धेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ