arrow

शेयरमा सामान्य वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २२ मंगलबार
nepse-stock-share-up-bull-market.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । आज शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० विन्दुमा रोकिएको छ ।

आज सेन्सेटिभ इण्डेक्स ०.५२ प्रतिशतले बढेर ३७२.०२ विन्दुमा कायम भएको छ । आज ३१५ कम्पनीको ८३ लाख ५ हजार ७८६ कित्ता शेयर ४ अर्ब ८ करोड ४७ लाख १५ हजार ८७७ रुपैयाँमा खरिद बिक्री भएका छन् । 

आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ भने कारोबार रकमका आधारमा  सीएचडीएच हाइड्रोपावर डेभलपमेन्ट  शीर्षस्थानमा रहेको छ । 

आज सबैभन्दा बढी बुद्ध भूमि नेपाल हाइड्रोको ५.५१ प्रतिशत मूल्य घटेको छ भने इस्टर्न हाइड्रोको ४.६८ प्रतिशतले घटेको छ । त्यस्तै आज १० वटा उपसमूहको सूचक बढ्दा ३ वटा समूहको उपसूचक भने नकारात्मक देखिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ